काठमाडौं-संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले साताभित्रै राज्यपुनर्संरचना र शासकीय स्वरुपमा सहमति कायम गर्ने गरी वार्ता प्रक्रिया अघि बढाएको समितिका सभापति बाबुराम भट्टराईले बताएका छन्। नागरिकसँग मंगलबार कुराकानी गर्दै भट्टराईले साताभित्रै विवादित विषयमा सहमति जुट्ने विश्वास व्यक्त गरे।भट्टराईले दलहरूबीच अहिले जिम्मेवारीबोध भएको आफूले पाएकाले तुरुन्तै सहमति हुनेमा विश्वस्त रहन आग्रह गरे। ‘दलहरूबीच जिम्मेवारीबोध हुँदै गएको छ, सहमति तुरुन्तै हुन्छ,' भट्टराईले भने, ‘सहमति भनेको पानी तताउँदै लगेर उमालेजस्तो हो। पानी तातिसकेको छ। अब उम्लन मात्र बाँकी हो। हामीसँग पहिलेको चार वर्ष र अहिलेको चार महिनाको अनुभव छ। हामीले एकअर्काका संवदेनशीलता बुझेका छौं। त्यस आधारमा पनि सहमति बन्दा एकदिन र एकरातमा बन्छ।'
अहिलेसम्म भएका छलफल र वार्ता प्रक्रियाअनुसार माघ ८ भित्र संविधान जारी गर्न कुनै समस्या नदेखिएको भट्टराईले बताए। ‘पहिले एकचरणमा आ–आफ्ना कुरा सबैले राखेका छन्,' उनले भने, ‘प्रमुख दलहरूभित्र नै सहमति हुनुपर्योउ। एउटै दलभित्र पनि फरक–फरक विचार छन्। एकरुपता छैन। सम्झौता कुन बिन्दुमा पुगेर गर्ने भन्ने म्यान्डेट नेतृत्वले प्राप्त गर्नुपर्योौ। अहिले सबै दलले त्यही गरिरहेका छन्। त्यसपछि द्विपक्षीय छलफल गर्ने अनि बहुपक्षीय र सर्वपक्षीय छलफल गर्ने भनेका हौं। यसका लागि विधि तय पनि गरेका छौ।'
शीर्ष नेताबीचको छलफलमा पहिले आन्तरिक छलफल गरी विवादित विषयमा पार्टीभित्र एउटै धारणा बनाउने, त्यसपछि नजिक रहेको अर्को दलसँग द्विपक्षीय छलफल गरी सहमति जुटाउने र समितिको पूर्ण बैठक (सर्वपक्षीय) मा सहमति कायम गर्ने गरी दु्रत रूपमा वार्ता प्रक्रिया अघि बढाउने काम भइरहेको उनले जानकारी दिए।
एकीकृत माओवादी नेतृत्वमा संविधानसभा र बाहिर अलग–अलग मोर्चा बनिरहेको र त्यसले धु्रवीकरण बढाएको प्रश्नमा उनले संविधानसभाबाट संविधान बनाउने र शान्ति प्रक्रिया पूरा गर्ने विषयमा भने कांग्रेस, एमाले र एमाओवादी नै नजिक रहेको दाबी गरे। ‘मोर्चा इस्युमा हुने कुरा हो,' उनले भने, ‘खास केही विषयमा एमाओवादी, मधेसवादी र आदिवासीको कुरा मिल्छ। तर कांग्रेस, एमाले र एमाओवादीबीच १२ बुँदे सहमतिदेखि नै सहयात्रा छ। संविधानसभाबाट संविधान बनाउने र शान्ति प्रक्रिया टुंग्याउनेमा तीन दलनजिक आउनुपर्छ। एकका विरुद्ध अर्को मोर्चा बनाइनुहुँदैन।'
भट्टराईले दलहरूको इच्छाशक्ति भए साताभित्रै सहमति कायम हुने बताउँदै अब कुनै पनि हालतमा लक्ष्मणरेखा नाघ्न नहुने धारणा राखे। ‘हामीले एकपटक लक्ष्मणरेखा नाघेकै हो,' उनले भने, ‘अब पनि नाघ्ने प्रयास गर्यौं् भने खतरातिर जान सक्छ।'
उनले आफ्नो पार्टी एमाओवादीभित्र केही सैद्धान्तिक विषयमा बहस भए पनि संविधान निर्माण र शान्ति प्रक्रियालाई पूर्णता दिने कुरामा एकमत भएको बताए। ‘संविधान ढुंगामा कुँदिने अक्षर होइन,' उनले भने, ‘राजनीतिक शक्ति सन्तुलन र राष्ट्रको आवश्यकताका आधारमा बन्छ। आवश्यक पर्दा त्यहीअनुसार संशोधन पनि हुँदै जान्छ। बार्गेनिङ पावरका लागि पनि अहिले बहस भइरहेको छ।'