काठमाडौं– संविधानसभाले संविधानका विवादित विषयमा सहमति गर्न संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई तेस्रो तथा ‘अन्तिमपटक' भन्दै कात्तिक १५ सम्म समय दिएको छ।
मंगलबार संविधानसभा बैठकले कात्तिक १५ सम्म सहमति नभए १६ गते प्रश्नावलीसहित एकीकृत प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो। संविधानसभाले यसअघि पनि संवाद समितिलाई थप दुईपटक समय उपलब्ध गराएको थियो। असोज २ देखि १४ गतेसम्म पहिलोपटक संविधानसभाले संवाद समितिलाई विवादित विषयमा सहमति गर्न थप समय दिएको थियो। उक्त अवधिमा पनि राज्य पुनःसंरचना र राज्यशक्ति बाँडफाँट समिति, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सम्बन्धमा दलहरूबीच सहमति जुट्न सकेन।
संवाद समितिलाई दोस्रोपटक असोज २५ गते समय उपलब्ध गराइएको थियो। त्यतिबेला असोज ३० सम्म सहमति कायम गर्ने र नभए ३१ गते विवादित विषयका प्रश्नावली बनाएर ल्याउन संविधानसभाले भनेको थियो।
उक्त समयावधिमा संविधान जारी भएको एक महिनाभित्र तत्काल कायम व्यवस्थापिका–संसदले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने विषयमा सहमति भएको थियो। संविधानको व्यवस्थाअनुरूप अर्को निर्वाचन नभएसम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न दलहरू सहमत भएका थिए। त्यसैगरी वैज्ञानिक भूमिसुधार नीति लागू गर्दा सार्वजनिक हितका लागि राज्यले व्यक्तिको जग्गा अधिग्रहण गर्दा क्षतिपूर्तिको आधार र कार्यप्रणाली कानुनद्वारा निर्धारण गरिएबमोजिम हुने सहमति भएको थियो। अरू विषयमा भने सहमति हुन सकेन।
त्यसपछि शीर्ष तहमा भएको छलफलले सहमतिका लागि संवाद समितिलाई नै समय दिनुबाहेक अर्को विकल्प नभएको निष्कर्ष निकाल्यो। एकपटक अन्तिमचोटि भन्दै कात्तिक १५ सम्मको समय दिने सहमति पनि शीर्ष तहमा नै भएको थियो। सोहीअनुसार संविधानसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कात्तिक १५ सम्म सहमति गर्न र सहमति हुन नसके १६ गते एकीकृत प्रतिवेदन बुझाउन थप निर्देशन दिएको हो।
शीर्ष नेताहरू पनि यो समयमा सकेसम्म सहमति गर्ने र नभए प्रश्नावली बनाएर सभामा पेस गर्न तयार देखिएका छन्। संवाद समितिले संविधानसभाको निर्देशअनुरुप सहमति र प्रश्नावलीसहितको प्रतिवेदन तयार गर्न प्रयास जारी रहेको व्यहोराको प्रतिवेदन कात्तिक २ गते आइतबार संविधानसभामा पेस गरेको थियो।
मंगलबार संवाद समिति सभापति बाबुराम भट्टराई गोकर्ण रिसोर्टमा भएको शीर्ष तहको छलफलमा सहभागी हुन गएकाले विवाद समाधान उपसमितिका संयोजक लक्ष्मणलाल कर्णले प्रतिवदेनमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्दै छलफलमा उठेका प्रश्नको पनि जवाफ दिएका थिए।
संवाद समितिले संविधानसभामा बुझाएको प्रतिवेदनमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभा गठन, विश्वासको मत, प्रदेश सभा गठन, महाअभियोग लगायत विषयमा विवाद समाधान उपसमितिले सहमति गरेको प्रतिवेदनमा उल्लेख छ। तर, संवाद समितिको पूर्ण बैठकमा भने यी विषयमा सहमति हुन सकेको छैन।
‘कार्यतालिका हेरफेर हुने'
कार्यतालिकाअनुसार अहिलेसम्म संविधानको पहिलो मस्यौदा जनतासमक्ष लगिसक्नुपर्ने भए पनि विवादित विषयमै सहमति हुन नसक्दा मस्यौदा नै तयार भएको छैन। त्यसैले संविधानसभाको आन्तरिक कार्यतालिका फेरि हेरफेर गर्नुपर्ने अवस्था आएको छ।
‘एक वर्षमा दलहरूको संविधान जारी गर्ने प्रतिबद्धताअनुरुप संविधानसभाले कार्यतालिका बनाएको हो,' संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा बैठकमा भने, ‘त्यसैले माघ ८ लाई असर नपर्ने गरी आन्तरिक कार्यतालिका हेरफेर गर्नुपर्ने देखिएको छ।' तर, यस विषयमा दलहरूबीच छलफल गरेर संवाद समितिको अन्तिम प्रतिवेदन आएपछि मात्र निर्णय गरिने भएको छ।