काठमाडौं- संविधानसभाले संविधानको पहिलो मस्यौदा तयार पार्न मस्यौदा समितिलाई १५ दिनको समय दिएको छ। संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि शुक्रबार संविधानसभामा भएको छलफलपछि पहिलो मस्यौदा बढीमा १५ दिनभित्र ल्याउन संविधानसभाले समितिलाई निर्देशन दिएको हो।संविधानसभाको कार्यतालिका नभएकाले सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले फास्ट ट्र्याकबाट संविधान जारी गर्ने दलहरुको प्रतिबद्धताबमोजिम मस्यौदा समितिलाई १५ दिन म्याद दिएका हुन्।
संविधानका सबै विषय अब मस्यौदा समितिमा पुगेका छन्। यससँगै संविधान निर्माण प्रक्रियाले फड्को मारेको छ। कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको मस्यौदा समितिले शनिबारदेखि काम थाल्नेछ।
यसअघि, संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाउन सभाध्यक्षले राखेको प्रस्ताव शुक्रबार संविधानसभाको बहुमतले पारित गरेको थियो।
जेठ २५ को प्रमुख राजनीतिक दलबीच भएको सहमतिलाई आधार मान्दै संवाद समितिले बिहीबार राति तयार पारेको प्रतिवेदन संविधानसभामा पेस गरेको थियो। समितिका सभापति बाबुराम भट्टराईले प्रतिवेदन पेस गरेका थिए।
प्रतिवेदनमाथि विभिन्न दलका नेताले धारणा राखेका थिए।
कांग्रेस नेता पूर्णबहादुर खड्काले सबै राजनीतिक दल आफ्नो अडानबाट माथि उठेर १६ बुँदे सहमति गरेको बताए। एमाले नेता भरतमोहन अधिकारीले मुलुक संघीयतामा प्रवेश गरिसकेकाले त्यो विषय कार्यान्वयन हुँदैन कि भनेर आंशका नगर्न असन्तुष्ट दलहरुसँग आग्रह गरे।
एमाओवादी शक्तिबहादुर बस्नेतले चार दलबीच भएको सहमतिसँगै संविधान लेखन प्रक्रिया अघि बढेको बताए। राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब बन्ने संविधान चार दलको सिन्डिकेटबाट जन्मिएको ठिमाहा दस्तावेज हुने धारणा राखे। उनले संविधानसभालाई एकतिर राखेर केही राजनीतिक दलका नेताले गरेको सहमति मान्य नहुने धारणा राखे।
बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले १६ बुँदे सम्झौताअनुसार बन्ने संविधान मधेसी जनताले स्वीकार नगर्ने चेतावनी दिए।
यसैबीच, उनी नेतृत्वको फोरम नेपालसहित पाँच साना दलले १६ बुँदे सहमतिको विरोध गर्दै संविधानसभा बहिस्कार गरेका छन्।
फोरम नेपाल, तमलोपा, सद्भावना, तराई मधेस सद्भावना पार्टी र संघीय समाजवादीले संविधानसभाको बैठक बहिस्कार गरेका हुन्। उनीहरुका ३५ सभासदले बैठक बहिस्कार गरेका थिए।
संविधानसभामा सभासदले उठाएको प्रश्नको जवाफ दिने क्रममा संवाद समितिका सभापति भट्टराईले कृष्ण सिटौलाले नयाँ भागवद गीता लेख्ने विश्वास व्यक्त गरे।
उनले २००७ सालदेखि रहेको नेपाली जनताको चाहनालाई सफल तुल्याएरै छाड्ने प्रतिबद्धता गरे।