जनकपुरमा चलेन गठबन्धनको 'जादू' स्वतन्त्रले मारे 'बाजी'
०९ जेष्ठ २०७९
•
३ मिनेट पाठ
जनकपुरमा चलेन गठबन्धनको 'जादू' स्वतन्त्रले मारे 'बाजी'
वैशाख ९ गते नेपाली कांग्रेसका साधारण सदस्यता एवं नगरसभापति पदबाट राजीनामा दिएर जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह सुडी निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिरालाई ३ हजार ९१३ मतान्तरले पराजित गरी निर्वाचित भएका हुन्। उनले १३ हजार ४६५ मत ल्याएको छन् भने उनको निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार हिराले ९ हजार ५५२ मत ल्याएका हुन्।




लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरी ५ हजार ३६० मत ल्याएर तेस्रो स्थानमा रहेका छन्। सत्तारुढ गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार एवं निवर्तमान मेयर लालकिशोर साहले ५ हजार १९३ मत ल्याएर चौथों स्थानमा झरेका छन्। त्यस्तै निर्माण व्यवसायबाट राजीनामा गरी मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतोले ४ हजार २९० मत ल्याएर पाँचौं स्थानमा पुगेका छन्।

यसअघि ०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दिएका थिए, मनोज साहले। तर तत्कालीन राजपाको उम्मेदवार निवर्तमान मेयर लालकिशोर साह मनोजभन्दा दोब्बर मत ल्याएर निर्वाचित भएका थिए। निर्वाचनमा पराजित भएदेखि उनी नगरमा प्रतिपक्षको भूमिकामा रहेर काम गर्दै आएका थिए। नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा उनलाई सर्वसम्मतिबाट नगरसभापति बनाइएको थियो। तर वैशाख ३० गते भएको निर्वाचनमा पार्टीले उम्मेदवार नबनाएपछि उनले पार्टीको निर्णयलाई चुनौती दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

सत्तारुढ पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा गरेको चुनावी तालमेलमा जनकपुरधाम उपमहानगरपालिका जसपाको भागमा परेपछि उनले असन्तुष्ट भएर पार्टीको साधारण सदस्यता त्याग गरी निर्वाचनमा उत्रेका थिए।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसबाट गठबन्धनको साझा उम्मेदवार किशोरी साह निर्वाचित भएका छन्। उनले एमालेकी उम्मेदवार रुणा झालाई ४ हजार ६४० मतान्तरले पराजित गरेका छन्। उनले १५ हजार ५२५ मत प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार १० हजार ८८५ मत ल्याएकी छिन्। तेस्रो स्थानमा लोसपाकी उम्मेदवार निवर्तमान उपमेयर रिताकुमारी मिश्र रहेकी छिन् उनले ५ हजार ८१७ मत ल्याएकी छिन्। त्यस्तै स्वतन्त्र उम्मेदवार निर्मलकुमार चौधरी ३ हजार ७७२ मत ल्याएर चौथौं स्थानमा रहेका छन्।

२५ वटा वडाको संख्या रहेको जनकपुरधाम नगरपालिकामा कांग्रेसले ११, एमाले ७, लोसपा २, तमलोपा १, माओवादी १, स्वतन्त्रले २ वडामा जित हासिल गरेका छन् भने जसपाले १ वडामा जित हात पारेको छ।

कांग्रेसका बागीले तेस्रोपटक जनकपुरमा जिते

०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट बागी भइ स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा निर्वाचित भएका थिए वृषेशचन्द्र लाल। उनी कांग्रेसबाट टिकटको आकांक्षी थिए। लालसँगै अर्का नेता दिगम्बर राय पनि टिकटका दाबेदार थिए। कांग्रेसले अन्तिममा रायलाई नै टिकट दिइयो। लालले पार्टीको अधिकारी उम्मेदवारका विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिए। उनी निर्वाचित पनि भएका थिए। उनीसँगै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएको लाल किशोर साह पनि निर्वाचित भएका थिए। लाल किशोर यसपटकको निर्वाचनमा जसपाबाट उम्मेदवार दिएका थिए भने ०७४ को चुनावमा राजपाबाट उम्मेदवारी दिएर मेयरमा निर्वाचित भएका थिए।

त्यस्तै ०५४ सालको निर्वाचनमा पनि कांग्रेसका बागी उम्मेदवार नै निर्वाचित भएका थिए। कांग्रेसका दुईजना नेता टिकटको दाबेदार थिए, बजरंगप्रसाद साह र दामोदरप्रसाद उपाध्याय। कांग्रेसले मेयरमा उपाध्यायलाई टिकट दिने निर्णय गर्‍याे। साहले पार्टीको त्यो निर्णयबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दर्ता गराए। निर्वाचनको परिणाम पनि पार्टीको आधिकारिक उम्मेदवारभन्दा बागीकै पक्षमा आयो। र, साह मेयरमा निर्वाचित भए।
अर्को समाचार
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
१ घण्टा अघि
•
१ मिनेट पाठ
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ।

 

पार्टी सङ्गठनमा आबद्ध भएर सम्बन्धित वडा, नगर, क्षेत्र तथा केन्द्रमा रही सक्रिय राजनीतिमा सहभागी सदस्यको सदस्यता अद्यावधिक गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार यही मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका सन्दर्भमा सदस्यता अद्यावधिक गरिएको हो। विगतमा उक्त दलको करिब डेढ लाख क्रियाशील सदस्य थिए।

 

नेता श्रेष्ठका अनुसार पार्टीको देशभरका क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। त्यस सिलसिलामा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीन महिलासहित नौ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ।

 

पार्टीको केन्द्रीय महाधिवेशनका लागि ७६ जिल्ला अधिवेशन तथा पाँच प्रदेश अधिवेशन सम्पन्न गरिएको छ। विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन प्रतिनिधिका रूपमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। नेता श्रेष्ठका अनुसार पालिका, प्रदेशसभा, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि भएका छन्।

 

सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका युवा कम्तीमा एक जनाको सहभागिता सुनिश्चित गरिएको पार्टी नेता केशव श्रेष्ठले जानकारी दिए।



लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
यो पनि पढौँ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
राप्तीमा धान खरिद सुरु
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस