काठमाडौं- संविधान निर्माण नेतृत्वकर्ता तीन दलले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमतिका लागि तीनवटा विकल्प अघि सारेका छन्। उच्चस्तरीय संयन्त्र निर्माण गर्नुअघि लेखिने सहमतिको भाषामा 'दुई प्रदेश हुने गरी' भन्ने मोर्चाको प्रस्ताव अस्वीकार गर्दै प्रमुख तीन दलले बिहीबार तीनवटा विकल्प प्रस्तुत गरेका हुन्। तत्कालका लागि मोर्चाले तीन दलको सो प्रस्तावलाई अस्वीकार गरेको छ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री भीम रावलका अनुसार मोर्चासँग सहमति गर्नका लागि प्रमुख तीन दलका तर्फबाट उक्त प्रस्ताव अघि सारिएको हो। 'पहिलो, तराई–मधेस, पहाड, हिमालमा देखिएका प्रदेश सीमांकन विवाद मिलाउने उल्लेख गर्ने, दोस्रो तराई–मधेस पहाडलगायत मुलुकका विभिन्न भागमा देखिएका सीमांकन समस्या हल गर्ने भन्ने लेख्ने,' रावलले बैठकपछि भने, 'तेस्रो, मधेसी मोर्चालगायत अन्य राजनीतिक दलले उठाएका प्रदेश सीमांकनको माग सम्बोधन गर्नका लागि भन्ने पदावली लेख्ने भनेर प्रस्ताव गरेका छौं।' उनका अनुसार संविधान निर्माण नेतृत्वकर्ता तीन दलले राखेको उक्त प्रस्तावबारे मोर्चा कार्यदल सदस्यले आफ्ना पार्टीका शीर्ष नेतृत्वसँग छलफल गरेर जवाफ दिनेछन्।
सिंहदरबारस्थित संसद सचिवालयमा बसेको संविधान निर्माण नेतृत्वकर्ता तीन दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चाको कार्यदलको संयुक्त बैठकमा उक्त तीनवटा विकल्प प्रस्ताव गरिएको हो। राजनीतिक संयन्त्र गठन गर्ने उद्देश्यसहित पछिल्लो समय मोर्चा र तीन दलबीच प्राथमिकतासाथ छलफल र वार्ता जारी राखिएको छ।
तीन दलले अघि सारेको विकल्पसहितको प्रस्तावलाई मोर्चा कार्यदलका सदस्यले भने तत्कालै सहमति जनाउन सकेका छैनन्। कार्यदलका एक सदस्यसमेत रहेका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले तीन दलले अघि सारेको प्रस्तावलाई तत्कालै स्वीकार गर्न नसकेको जनाएका छन्।
'मोर्चाले अघि सारेको मागमा अझै पनि तीन दल गम्भीर हुन सकेका छैनन्, आज त विगतका सहमतिलाई पनि आधार नमान्ने भन्ने कुरा आयो,' बैठकपछि कर्णले भने। उनका अनुसार पहिलो संविधानसभाको राज्यको पुनर्संरचना तथा राज्य शक्ति बाँडफाँट समिति र राज्य पुर्नसंरचना आयोगले बुझाएको प्रतिवेदनलाई आधार मानेर दुई प्रदेशको हकमा छलफल गर्नुपर्ने मोर्चाको अडान यथावत छ।
मोर्चाले अघि सारेको 'नमुना सहमितपत्र' को बुँदामा विगतको सहमतिलाई आधार मान्दै तराई–मधेसमा दुई प्रदेश हुनेगरी लेख्न जोड गरेका छन्। तर, तीन दलले सहमतिपत्रमा उक्त विषय उल्लेख गरेमा संयन्त्र किन बनाउने भन्ने प्रश्न गरेका छन्।
राज्य पुनर्संरचनासम्बन्धी विगतका सहमतिलाई मोर्चाले भनेजस्तै 'आधार मान्ने' भन्दा पनि 'सन्दर्भ सामग्री' को रुपमा हेर्नुपर्ने भन्नेमा तीन दल छन्। जसलाई मोर्चाले बिहीबारको वार्तासम्म पनि स्वीकार गरेको छैन। यद्यपि प्रमुख तीन दल र मोर्चाको प्रतिनिधित्व रहनेगरी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने र त्यसलाई व्यवस्थापिका संसदबाट अनुमोदन गराउनका लागि भने दुवै पक्ष सहमत भइसकेका छन्।
'अब संयन्त्रको कार्यविधिमा केही समस्या देखिएका छन्, त्यो विवाद हल भएपछि संयन्त्र निर्माण हुनेछ,' कांग्रेसका कार्यदल सदस्य महेश आचार्यले भने। तर, मोर्चाले अघिल्ला समयमा भनेजस्तो संयन्त्रको कार्यक्षेत्र संविधानमा उल्लेख गर्नुपर्ने अडानबाट भने ऊ पछाडि हटेको छ। यद्यपि दुवै पक्षका कार्यदलका सदस्य आ–आफ्ना पार्टीका शीर्षनेतासँग छलफल गरेर पुनः बस्नेगरी बिहीबारको बैठक सकिएको थियो।