नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मङ्सिर ४ गतेपछि बन्ने सरकारले ज्येष्ठ नागरिकको भत्ता पाँच हजार बनाउने बताएका छन्।
काठमाडौँको ५ नम्बर निर्वाचनका उम्मेदवारसमेत रहेका उनले आज ज्येष्ठ नागरिकसँगको अन्तरक्रियामा एमालेको सरकार बनेपछि ज्येष्ठ नागरिकको भत्ता पाँच हजार बनाउने बताएका हन्।
'तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको समयमा विभिन्न दलका कैयौँ विरोध र अवरोध सामना गर्दै नेकपा एमालेले वृद्धवृद्धालाई भत्ता दिन सुरुआत गरेको हो', उनले भने, 'ज्येष्ठ नागरिकको हकहितका लागि आवाज उठाउने पहिलो पार्टी एमाले हो।'
विसं २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिन सुरू गर्दा विरोध भएको स्मरण गर्दै पोखरेलले भने, 'अन्य दलका कैयौँ विरोध र अवरोधलाई छल्दै ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्नसक्ने बनाउनु सरकारको दायित्व हो भनेर हामीले एक सय रूपैयाँ भत्ता दिन सुरू गरेका थियौँ।'
वरिष्ठ उपाध्यक्ष पोखरेलले ज्येष्ठ नागरिकको सम्मान गर्ने एमालेको स्वच्छ उद्देश्यलाई अनेक विरोध सहेर पनि ज्येष्ठ नागरिकको समाजमा सम्मान र इज्जतका साथ बाँचिरहन सहयोग गरेको विश्वास व्यक्त गरे।
नेकपा (एमाले) का अध्यक्ष केपी ओली नेतृत्वको सरकारले भत्ता बढाएर पाँच हजार पुर्याउने योजना बनाएको भए पनि बीचमै सरकारबाट हट्न परेकाले योजना पूरा गर्ने उनको भनाइ थियो।