गण्डकीमा चासो र चर्चामा छः दोस्रो प्रदेशसभाको निर्वाचन
२९ कार्तिक २०७९
•
४ मिनेट पाठ
गण्डकीमा चासो र चर्चामा छः दोस्रो प्रदेशसभाको निर्वाचन
विभिन्न दलका शीर्ष नेता उम्मेदवार रहेको गण्डकी प्रदेशमा यतिखेर नजिकिँदो निर्वाचनले चहलपहल बढाएको छ।




राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने दलका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङलगायत नेता यही प्रदेशमा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा रहेका कारण पनि यतिखेर गण्डकीको निर्वाचनलाई महत्वका साथ हेर्न थालिएको छ।

शीर्ष नेताको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीसँगै यहाँका चुनावी सभामा हुने गरेका देशको प्रधानमन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीको चर्चाले पनि यहाँ सरगर्मी बढाएको छ। प्रदेशसभा सदस्यको अघिल्लो कार्यकालमा एमालेका गुरुङ र नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेकामा आगामी मुख्यमन्त्रीको जिम्मेवारी कसले सम्हाल्छ भन्ने विषय यतिखेर मुख्य चासो बनेको छ।

नेपालको संविधानले निर्दिष्ट गरेअनुसार तीन तहको संरचनामध्येको प्रदेशको आवश्यकता र औचित्यका सम्बन्धमा विभिन्न टिकाटिप्पणीसमेत भइरहेको अवस्थामा हुन लागेको दोस्रो प्रदेशसभाको निर्वाचनका लागि यस प्रदेशबाट प्रत्यक्षतर्फ ३६ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन्। कुल ६० सदस्यीय प्रदेश सभामा २४ जना समानुपातिकतर्फबाट प्रतिनिधित्व हुने व्यवस्था छ।

यस निर्वाचनमा प्रदेशको राजधानी रहेको जिल्ला कास्कीमा प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (क) मा आठ र (ख) मा सात जना, २ को (क) मा आठ र (ख) मा छ जना र ३ को (क) र (ख) मा सात/सात जनाको उम्मेदवारी परेको छ।

क्षेत्र नं १ को (क)मा गठबन्धनका तर्फबाट माओवादीका दीपक कोइराला, एमालेका खगराज अधिकारी, हाम्रो नेपाली पार्टीका मदन केसी लगायतको उम्मेदवारी छ भने (ख) मा गठबन्धनका तर्फबाट कांग्रेसका दीपक गुरुङ (माइला), एमालेका बेदबहादुर गुरुङ (श्याम), रापप्राका महेन्द्र कार्कीलगायतको उम्मेदवारी छ।

निर्वाचन क्षेत्र नं २ को (क) मा गठबन्धनका तर्फबाट माओवादीका विश्वप्रकाश लामिछाने, एमालेका भीम कार्कीलगायतको उम्मेदवारी छ भने (ख) मा गठबन्धनका तर्फबाट कांग्रेसका विन्दुकुमार थापा, एमालेका मीना गुरुङलगायतको उम्मेदवारी छ। क्षेत्र नं ३ को (क) मा  गठबन्धनका माओवादीका दुर्गादत्त भण्डारी, एमालेका गणेशमान गुरुङलगायतको उम्मेदवारी छ भने (ख)मा गठबन्धनका तर्फबाट कांग्रेसका प्रकाश बराल, एमालेका राजीव पहारीलगायतको उम्मेदवारी छ।

प्रदेशसभाको निर्वाचन हुँदै गर्दा यतिखेर को मुख्यमन्त्री बन्छ त्यो विषयले प्राथमिकता पाएको छ। विभिन्न चुनावीसभामा माओवादीका अध्यक्ष पुष्पकमल दहालले प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा कांग्रेसका सुरेन्द्र पाण्डेलाई अघि सारेसँगै अन्य आकांक्षीको नाम पनि आउन थालेको छ।

प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट गण्डकी प्रदेश पार्टी सभापति शुक्रराज शर्मा, ध्रुव वाग्ले, विन्दुकुमार थापालगायतको मुख्यमन्त्रीका रुपमा चर्चा छ। माओवादीबाट हरिबहादुर चुमानलाई सम्भाव्य मुख्यमन्त्रीका रुपमा हेरिएको छ भने एमालेबाट खगराज अधिकारलाई मुख्यमन्त्रीका रुपमा अघि सारिएको छ।

मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेताहरूको होडबाजीसँगै प्रदेशमा मतपरिणाम आफ्नो पक्षमा पार्न दलहरूको सक्रियता रोचक देखिएको छ। पत्यक्षतर्फ प्रदेशसभाका ३६ निर्वाचन क्षेत्र रहेको गण्डकीमा गठबन्धन गर्दा कांग्रेसले प्रत्यक्षतर्फ २१ क्षेत्रमा उम्मेदवारी दिएको छ भने माओवादी केन्द्रले १२, एकीकृत समाजवादी र नेपाल समाजवादीले १/१ क्षेत्रमा उम्मेदवारी दिएका छन्। मनाङ ‘ख’मा स्वतन्त्र उम्मेदवार राजीव गुरूङ ‘दीपक मनाङे’ निर्विरोध निर्वाचित बनिसकेका छन्। एमालेले ३६ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ आफ्ना उम्मेदवार उठाएको छ।

यसअघि संघबाट संविधानतः निर्दिष्ट अधिकार पनि सहजरुपमा प्रदेशमा नआउनाका साथै कानुन तथा नीतिनिर्माणमा अल्झिनुपर्दा देखिने गरी काम हुन नसकेको चर्चा पनि यतिखेर उठ्ने गरेको छ। यसअघि प्रदेशसभाको पाँच वर्षे कार्यकाल पूरा गरी दोस्रो कार्यकालका लागि उम्मेदवार बन्नुभएका राजीव पहारी प्रदेश नै  संघीयताको मूलआत्मा भएको बताउँछन्।

अघिल्ला कार्याकालको अनुभवसहित आगामी पाँच वर्षमा प्रदेशलाई बलियो बनाउँदै जनताको नजिकैको सरकारका रुपमा स्थापित गर्ने लक्ष्यका साथ आँफू चुनावी अभियानमा जुटेको उनको भनाइ छ। संघीयतालाई बलियो बनाउन प्रदेशको अहम् भूमिका हुने बताउने अर्का उम्मेदवार प्रकाश बराल जनताले प्रदेश सरकारको प्रत्यक्ष अनुभूति गर्ने किसिमको वातावरण तयार हुनु जरुरी रहेको बताउँछन्। संविधानतः उल्लेखित अधिकार उपयोग गर्दै प्रदेशको समृद्धि र विकासका लागि अघि बढ्ने उनको प्रतिबद्धता छ। 
अर्को समाचार
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
१ घण्टा अघि
•
१ मिनेट पाठ
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ।

 

पार्टी सङ्गठनमा आबद्ध भएर सम्बन्धित वडा, नगर, क्षेत्र तथा केन्द्रमा रही सक्रिय राजनीतिमा सहभागी सदस्यको सदस्यता अद्यावधिक गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार यही मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका सन्दर्भमा सदस्यता अद्यावधिक गरिएको हो। विगतमा उक्त दलको करिब डेढ लाख क्रियाशील सदस्य थिए।

 

नेता श्रेष्ठका अनुसार पार्टीको देशभरका क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। त्यस सिलसिलामा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीन महिलासहित नौ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ।

 

पार्टीको केन्द्रीय महाधिवेशनका लागि ७६ जिल्ला अधिवेशन तथा पाँच प्रदेश अधिवेशन सम्पन्न गरिएको छ। विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन प्रतिनिधिका रूपमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। नेता श्रेष्ठका अनुसार पालिका, प्रदेशसभा, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि भएका छन्।

 

सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका युवा कम्तीमा एक जनाको सहभागिता सुनिश्चित गरिएको पार्टी नेता केशव श्रेष्ठले जानकारी दिए।



लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
यो पनि पढौँ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
राप्तीमा धान खरिद सुरु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस