जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता
२९ कार्तिक २०८३
•
१ मिनेट पाठ
जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भई अर्थमन्त्री स्वदेश फिर्ता
तुर्कीएमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा करिब एक दर्जन कार्यक्रमहरूमा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।




उनले ४४ वटा अति कम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्त सम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे।  

त्यस्तै, सात वर्षअघि स्थापित 'जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन'मा नेपाललाई १०५ औँ (नयाँ) सदस्यका रूपमा सामेल गराउँदै 'उत्थानशीलताका लागि वित्त' बारे नीतिगत अवधारणा छलफलका लागि पेस गरे।

विपद्पछि ऋण मोचनको विश्वव्यापी अभियान चलाउनुभएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जी-२० समूहको अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको छ।

त्यस्तै कोप ३१ मा नेपालले उठाएका विषयमा सहयोग लिने हेतुले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पाँच जना प्रभावशाली जलवायु दूतहरूको छलफल भयो। हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमका बारेमा अर्थमन्त्रीले छलफल गरे भने जेनेभास्थित विश्व मौसम-विज्ञान संगठनको नेपालले समेत लाभ लिएको जलवायु मापन कोष सम्बन्धी कार्यक्रमलाई विशेष सम्बोधन गरे।

जलवायु र अर्थशास्त्रमा ख्याति कमाउनु भएका प्रा. योहान रक्स्त्रम र प्रा. निकलस स्टर्नसँग समेत अर्थमन्त्रीले भेटघाट गरे। उनले न्युयोर्क टाइम्सलाई एक अन्तर्वार्ता दिए भने सन् २०२६ का लागि टाइम पत्रिकाले रोजेका जलवायु मुद्दामा अर्थमन्त्री लगायत विश्वकै १०० प्रभावशाली व्यक्तित्वहरूको सम्मानमा आयोजित एक कार्यक्रममा पनि उनी पनि सहभागी भए।
अर्को समाचार
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
३५ मिनेट अघि
•
१ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
काठमाडौं। बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आफ्नै जन्मभूमि झुप्रा खोलामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई लिएर पुगेकी छन्।




शनिबार बेलुका आफ्नो बाल्यकालका पीडा, अभाव र सङ्घर्षसँग जोडिएको बस्तीमा पुगेर मन्त्री बादीले स्थानीय समुदायले भोगिरहेका समस्या र आवश्यकताबारे शिक्षामन्त्रीलाई प्रत्यक्ष जानकारी गराएकी हुन्।

कुनै समय जीवन गुजार्न बालुवा–गिट्टी कुटेको त्यही ठाउँमा मन्त्रीका रूपमा फर्किएकी बादीले स्थानीय दाजुभाइ तथा दिदीबहिनीसँग भेटघाट गर्दै उनीहरूका समस्या र अपेक्षा सुनिन्। उनले यो भ्रमण जन्मभूमि पुग्ने औपचारिक कार्यक्रम मात्र नभई आफूले भोगेका सङ्घर्ष र स्थानीयले अहिले पनि भोगिरहेका कठिनाइ राज्यका जिम्मेवार निकायसमक्ष पुर्‍याउने अवसर भएको बताइन्।

छलफलका क्रममा विद्युत्, खानेपानी, शिक्षा, रोजगारी, बस्ती व्यवस्थापन र आधारभूत पूर्वाधारका समस्या प्रमुखताका साथ उठेका थिए। खोलाको किनारमा जोखिमपूर्ण अवस्थामा रहेको बस्तीका नागरिकले वर्षौंदेखि आधारभूत सेवाको अभाव र आर्थिक कठिनाइ भोग्दै आएको बताएका थिए।

पुस्तौँदेखि जीविकोपार्जनको आधार बनेको बालुवा–गिट्टी कुट्ने पेसा बन्द भएपछि धेरै परिवारको आम्दानीको मुख्य स्रोत गुमेको र वैकल्पिक रोजगारी नहुँदा दैनिक जीवनयापनसमेत कठिन बनेको स्थानीयले सुनाएका थिए।

भेटघाटमा बादी समुदायका बालबालिकाको शिक्षामा पहुँचको विषयले विशेष प्राथमिकता पाएको थियो। जन्मदर्ता नहुँदा १५ जना बालबालिका शिक्षाको अवसरबाट प्रभावित भइरहेको विषयमा मन्त्री बादीले शिक्षामन्त्री पोखरेलको ध्यानाकर्षण गराए। त्यसप्रति चासो व्यक्त गर्दै शिक्षामन्त्री पोखरेलले ती बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित गर्न आवश्यक सहजीकरण र पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, स्थानीय महिलाको आर्थिक अवस्था सुधार र आत्मनिर्भरताका लागि सीप विकास तथा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने विषय पनि उठेको थियो। मन्त्री बादीले झुप्रा खोलाका महिलालाई लक्षित गरी छिट्टै सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए। तालिमलाई व्यावहारिक सीप, स्वरोजगार र दिगो आयआर्जनसँग जोडेर महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उनको भनाइ थियो।

आफ्नै विगत र जन्मभूमिको अवस्थालाई स्मरण गर्दै मन्त्री बादीले सत्ता र जिम्मेवारीको वास्तविक अर्थ जनताको जीवनसँग जोडिँदा मात्र सार्थक हुने बताइन्। आफ्नो विगत कहिल्यै नबिर्सी त्यही सङ्घर्षबाट सिकेको अनुभवलाई सामाजिक परिवर्तनको शक्तिमा बदल्ने उनको प्रतिबद्धता थियो। झुप्रा खोलाका हरेक बालबालिकाले शिक्षा पाउने, महिलाले आत्मनिर्भर बन्ने अवसर प्राप्त गर्ने र प्रत्येक परिवारले सम्मानपूर्वक बाँच्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन्।

शिक्षा, रोजगारी, आधारभूत पूर्वाधार र जीविकोपार्जनसँग जोडिएका स्थानीयका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र आवश्यक पहल गर्ने मन्त्री बादीले बताइन्। बाल्यकालमा अभाव र सङ्घर्ष भोगेको बस्तीमा फर्केर स्थानीयका समस्या समाधानका लागि दुई मन्त्रीबीच प्रत्यक्ष छलफल र समन्वय गराउने उनको यो पहल जन्मभूमिप्रतिको जिम्मेवारीसँग जोडिएको छ।

भ्रमणमा प्रधानमन्त्रीका मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र प्रतिनिधिसभा सदस्य तारा विश्वकर्माको समेत उपस्थिति रहेको थियो।
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
Whatsapp
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
यो पनि पढौँ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस