मन्त्री साह र भारतीय उद्योगमन्त्री पीयूष गोयलबीच भेटवार्ता
२७ कार्तिक २०८३
•
३ मिनेट पाठ
मन्त्री साह र भारतीय उद्योगमन्त्री पीयूष गोयलबीच भेटवार्ता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। 




एकतीसौँ पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको उक्त भेटवार्तामा नेपाल–भारतबीचको व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवर्द्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायतका महत्वपूर्ण विषयमा विस्तृत छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ। 

भेटवार्तामा मन्त्री साहले नेपाली उद्योगले भारतीय बजारमा प्रवेश गर्दा गुणस्तर प्रमाणीकरण तथा भारतीय मानक ब्यूरो (बीआईएस) को प्रमाणपत्र प्राप्त गर्न भोग्नुपरेका प्रक्रियागत जटिलता, समय र लागतसम्बन्धी समस्या प्रस्तुत गरे।

उनले नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, धागो तथा अन्य औद्योगिक उत्पादनको प्रमाणीकरण प्रक्रियालाई सरल र सहज बनाउन आग्रह गरे। 

नेपालमा बीआईएस मापदण्डअनुरूपको परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रस्तावप्रति भारतीयमन्त्री पीयूष गोयलले सकारात्मक चासो र तत्परता व्यक्त गरे। उनले उक्त विषयलाई अगाडि बढाउन आफ्नो मन्त्रालयका सम्बन्धित सचिवलाई आवश्यक समन्वय तथा प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिए। 

भेटवार्तामा नेपालका लागि भारतका धाम्रा (ओडिशा) र मुन्द्रा (गुजरात) बन्दरगाहलाई थप पारवहन सुविधाका रूपमा उपलब्ध गराउने, नेपाल–भारत व्यापार सन्धिको पुनरावलोकन प्रक्रिया अघि बढाउने तथा काँकडभिट्टा–फुलबारी–बङ्गलाबन्ध मार्गमा नेपाली मालवाहक सवारीसाधनले भोग्दै आएका अतिरिक्त भारवहन प्रतिबन्ध र ढुवानीसम्बन्धी अवरोध हटाउने विषयमा छलफल भएको थियो। 

त्यसैगरी कोलकाता बन्दरगाहमा नेपाल ट्रान्जिट एण्ड वेयरहाउसिङ कम्पनी लिमिटेडको लिजमा रहेको जग्गा नवीकरण वा उपयुक्त वैकल्पिक जग्गा उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो। 

नेपाली जुटजन्य उत्पादनमा लगाइएको एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ शुल्कको पुनरावलोकन, नेपाली चियाको भारतीय बजारमा निर्बाध प्रवेश तथा कृषि उत्पादनको गुणस्तर परीक्षण र प्रमाणीकरणलाई सहज बनाउने विषयमा समेत छलफल भएको छ। 

नेपाली खाद्यवस्तुको परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतका योग्य तथा मान्यताप्राप्त प्रयोगशालाबाट जारी हुने परीक्षण प्रतिवेदनलाई भारतीय निकायबाट मान्यता प्रदान गर्ने र नेपाल–भारत सीमावर्ती क्षेत्रमा गुणस्तर परीक्षण सुविधा विस्तार गर्ने प्रस्तावसमेत प्रस्तुत गरिएको थियो। 

मन्त्री साहले नेपाल र भारतबीचको व्यापार सम्बन्धलाई अझ सुदृढ बनाउन आपसी विश्वास, समान व्यवहार, गुणस्तरीय उत्पादन र सरल व्यापार प्रक्रियालाई प्राथमिकता दिनुपर्ने धारणा राखे। 

भारतीयमन्त्री गोयलले प्रस्तुत विषयहरूमा सकारात्मक चासो व्यक्त गर्दै सम्बन्धित निकायबीच समन्वय र प्राविधिक छलफलमार्फत समाधानका उपाय अघि बढाउनुपर्नेमा जोड दिए। 

भेटवार्ताले नेपाल–भारतबीचको आर्थिक तथा औद्योगिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, निर्यात प्रवर्द्धन र व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफलमा उठाइएका विषयको कार्यान्वयनका लागि भारतीय पक्षसँग आवश्यक संस्थागत समन्वय र निरन्तर अनुगमन गर्ने बताइएको छ।  
अर्को समाचार
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
१ घण्टा अघि
•
१ मिनेट पाठ
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ।

 

पार्टी सङ्गठनमा आबद्ध भएर सम्बन्धित वडा, नगर, क्षेत्र तथा केन्द्रमा रही सक्रिय राजनीतिमा सहभागी सदस्यको सदस्यता अद्यावधिक गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार यही मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका सन्दर्भमा सदस्यता अद्यावधिक गरिएको हो। विगतमा उक्त दलको करिब डेढ लाख क्रियाशील सदस्य थिए।

 

नेता श्रेष्ठका अनुसार पार्टीको देशभरका क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। त्यस सिलसिलामा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीन महिलासहित नौ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ।

 

पार्टीको केन्द्रीय महाधिवेशनका लागि ७६ जिल्ला अधिवेशन तथा पाँच प्रदेश अधिवेशन सम्पन्न गरिएको छ। विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन प्रतिनिधिका रूपमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। नेता श्रेष्ठका अनुसार पालिका, प्रदेशसभा, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि भएका छन्।

 

सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका युवा कम्तीमा एक जनाको सहभागिता सुनिश्चित गरिएको पार्टी नेता केशव श्रेष्ठले जानकारी दिए।



लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
यो पनि पढौँ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
राप्तीमा धान खरिद सुरु
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस