रौतहट- करेन्ट लागेर रौतहटमा एक अबोध बालकको मृत्यु भएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिका १ भलोहियाका चन्देश्वर महतोको आठ वर्षका छोरा ललन महतोके करेन्ट लागेर मृत्यु भएको हो। घर अगाडि सडकमा खेलिरहेको अवस्थामा ना ६ ख ६२२३ नम्बरको ट्रकले बिजुलीको तार चुँडालेपछि चुँडिएको तार ट्रकको टायरमा ठोकिएर बालकलाई लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका बालक महतोलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। तार चुँडाल्ने ट्रक र ट्रकको चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि नवीनकृष्ण भण्डारीले जानकारी दिए।
अर्को समाचार
करेन्ट लागेर बालकको मृत्यु
अर्को समाचार
करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु
बर्दियामा करेन्ट लागेर दश वर्षीय बालकको मृत्यु भएको छ। गुलरिया नगरपालिका–७ मनकामना टोलस्थित अफ्नो ठुलो मम्मीको घरमा बस्दै आएका मधुवन नगरपालिका–८ का बालक हार्दिक बिकको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो।
करेन्ट लागेर घाइते भएका बालकको बर्दिया अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान ७ बजेर ३५ मिनेटको समयमा खेल्ने क्रममा घरको टिनको छानामा चढेका बेला बालकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए।