कालोपत्र उप्किएपछि राष्ट्रिय लोकमार्गकाे बिजोक, स्थानीय भन्छन्: ‘मान्छे नलडेको दिन नै छैन’
०२ वैशाख २०८१
•
२ मिनेट पाठ
कालोपत्र उप्किएपछि राष्ट्रिय लोकमार्गकाे बिजोक, स्थानीय भन्छन्: ‘मान्छे नलडेको दिन नै छैन’
फाइल।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तर्गत घोडाबाँधे-बुर्तिबाङ सडक कालोपत्र उप्किएपछि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।




बागलुङ बजारदेखि घोडाबाँधेसम्मको करिब १२ किलोमिटर सडक वर्षौँदेखि स्तरोन्नति हुन सकेको छैन। कालोपत्र गरिएको सडक उप्किएर हिलाम्मे र धुलाम्मे बनेको छ। घोडाबाँधेदेखि बुर्तिबाङसम्म सडकको बीच भागबाट कालोपत्र उप्किएर ठुला-ठूला खाल्डा परेका छन्।

दैनिक सयौँको सङ्ख्यामा गुड्ने सवारीसाधन सडकको खाल्डोमा गाडी फसेर ट्राफिकजाम हुने गरेको छ। विशेषगरि बडिगाड र गलकोट खण्डमा सबैभन्दा धेरै कालोपत्र उप्किएको छ। खाल्डोमा टायर अड्किँदा घण्टौँसम्म रोकिनुपर्ने सवारी चालक मीनबहादुर सुनारले बताए।

दुई वर्षदेखि सडकमा खाल्डाखुल्डी पर्न थालेपनि अहिलेसम्म मर्मत नहुँदा सडक कुरूप बन्दै गएको उनको भनाइ छ। उनले भने, ‘कालोपत्र गरेको सडकको खाल्डाखुल्डीमा भन्दा कच्ची सडकमै यात्रा गर्न ठिक हुन्छ, दुई/दुई पाइलामा खाल्डा छन्, गाडीको टायर तर्काउनै सकिन्न।’

सडकका कारण दैनिक मोटरसाइकल दुर्घटना हुने स्थानीयवासी प्रेमबहादुर पुनले बताए। मोटरसाइकल चालक तीव्र गतिमा आउने र खाल्डा नदेख्दा उछिट्टिएर लड्ने गरेको उनले बताए।

‘यो राष्ट्रिय लोकमार्ग हो, सडक बिग्रिएको यतिका समय बित्दा मर्मत हुँदैन’, पुनले भने, ‘यो बाटोमा दिनदिनै मान्छे लड्छन्, कोहीले बाइक लडाउँछन्, गाडी नै बिग्रार्छन्, मान्छे नलडेको दिन छैन।’

सोही लोकमार्गकै बागलुङ-घोडाबाँधे खण्ड २५ वर्षअघि ट्र्याक खुले पनि हालसम्म कालोपत्र भएको छैन। हिउँदमा धुलो र बर्खामा हिलोले यात्रुले सास्ती भोग्दै आएका छन्।

लोकमार्ग कार्यालयले उपल्लाचौरदेखि घोडाबाँधे सम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई निर्माण कम्पनीलाई ठेक्का दिएको थियो। निर्माण कम्पनीले काम नगरेपछि माथिल्लो खण्डको ठेक्का तोडेको छ। तल्लो खण्डमा सुस्त गतिमा काम भइरहेको छ।

मध्यपहाडी लोकमार्ग कार्यालयका इन्जिनियर उज्वल शर्माले मर्मत सम्भारका लागि दुई वर्ष अगाडि ठेक्का लगाइ काम भइरहेको बताए। उप्किएको लोकमार्गको कालोपत्र मर्मतको काम थालिएको उनको भनाइ छ।

घोडाबाँधेदेखि बुर्तिबाङसम्म तीन खण्डमा निर्माण कम्पनीले मर्मतको जिम्मा लिएको शर्माले बताए। आगामी असार मसान्तसम्म खाल्डाखुल्डी पुरिसक्ने उनले बताए। हालसम्म ७९ प्रतिशत मर्मतको काम सकिएको छ।
अर्को समाचार
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
७ मिनेट अघि
•
० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।




आज मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच युवा, श्रम तथा रोजगारमन्त्री एवं राष्ट्रिय युवा परिषद्का अध्यक्ष रामजी यादवले नवनियुक्त सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन्।
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
राप्तीमा धान खरिद सुरु
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
Whatsapp
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ।
Whatsapp
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा प्राकृतिक ग्यास उत्खनन तथा उत्पाद...
Whatsapp
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
‘ज्ञानकाजी–मोहनलाल खिँ स्मृति सेवा कोष’ले लेखक ज्ञानकाजी मानन्धरको दोस्रो संस्करण ‘कुमारी’को  लोकार्पण तथा दुई विशि...
Whatsapp
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह...
Whatsapp
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
Whatsapp
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस