मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ मराङमा सामुदायिक होमस्टे (घरवास) शुरु भएको छ। गाउँमा आउने पर्यटकको सुविधाका लागि पाँच घरमा घरवास सञ्चालन भएको हो। गण्डकी प्रदेश सरकारको सहयोगमा शुरु गरिएको घरवासमा एक दिनमा तीस जना बास बस्न सक्ने क्षमता छ।
गण्डकी प्रदेशको आन्तरिक र सङ्घीय सरकारको नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रमलाई लक्षित गरेर घरवास शुरु गरेको घरवास व्यवस्थापन समितिका अध्यक्ष ढावासुन्टुक गुरुङले बताए। पाहुनाको चापलाई हेरेर घरवासको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको उनले बताए।
घरवास सञ्चालनका लागि प्रदेश सरकारले १० लाख रूपैयाँ सहयोग गरेको छ। सो सहयोगबाट घरको कोठा व्यवस्थापन, शौचालय, बाथरुम, बेडरुमको साजसज्जा गरिएको छ। यसमा गाउँपालिकाले पनि साझेदारी गरेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सञ्चालकहरुलाई अतिथि सत्कार र खानाका परिकार तयार पार्ने तालीमसमेत दिएको बताइएको छ।
जोमसोम–कोरला सडकअन्तर्गत चराङदेखि २० मिनेट गाडीको यात्रामा पुगिने मराङमा ४६ घरधुरीको बसोबास छ। पृथक भूगोल, नेपालकै पुरानो मानिएको ऐतिहासिक लोघेकर गुम्बा, स्थानीयवासीको जीवनशैली, संस्कृति, लाङबुछे भ्यू प्वाइन्ट, गोलाखा गुफा, ट्रेसर गुफा, ङी पेनचेन फुट प्रिन्ट र गुफा, स्याउ बगैँचा र गासे फु मराङगाउँ यहाँको आकर्षण रहेको स्थानीयवासीसमेत रहनुभएकी जिसस प्रमुख छिरिङल्हामो गुरुङले बताइन्।
यहाँ फापरको रोटी, ढिडो, च्याङग्राको ताजा मासु र सुकुटी, चिसो हावापानीमा उत्पादित तरकारी र स्याउका परिकारको स्वाद लिन पाइन्छ, । त्यस्तै घोडा चढेर गुफा र गुम्बा घुम्नका लागि पनि पर्यटक यहाँ आउने गर्छन्।
मराङ सामुदायिक घरवासको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्दै नेपाल भ्रमण वर्षलाई सफल बनाउन पर्यटकीयस्थलमा पूर्वाधार निर्माण र प्रचारप्रसारमा सरकारले जोड दिएको बताउएका थिए।रासस