धनगढी- फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेहरूको भीड केही दिनदेखि बढेपछि जिल्ला निर्वाचन कार्यालय कैलालीले शनिबार पनि नाम दर्ता गर्ने व्यवस्था गरेको छ। फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगले तोकेको असार मसान्तसम्मको समय सकिनै लाग्दा पाँच दिनदेखि भीड बढेकाले असार २९ गते शनिबार पनि मतदाताहरूको नाम दर्ता गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्ष्मीराज जोशीले बताए।कैलालीमा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र टीकापुर इलाका प्रशासन कार्यालय गरी तीन ठाउँबाट नियमित रूपमा मतदाताको नाम दर्ताको कार्य हुँदै आएको छ। ती ठाउँमा हाल दैनिक ५ सय जना मतदाता नाम दर्ता गराउन आउने गरेको जोशीले बताए।
कैलालीमा अहिलेसम्म तीन लाख ३७ हजार मतदाताको नाम फोटोसहितको नामावलीमा दर्ता भएको छ। ६ निर्वाचन क्षेत्र रहेको कैलालीमा विसं २०६४ मा भएको निर्वाचनमा चार लाख ७५ हजार मतदाता रहेका थिए। गत जेठ वैशाखमा छुट्टाछुट्टै रूपमा सञ्चालन भएको घुम्ती शिविर र नागरिकता वितरण कार्यक्रमका क्रममा झन्डै २० हजार मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका थिए। कैलालीमा जिल्ला निर्वाचन कार्यालयले विसं २०६७ भदौदेखि फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सुरु गरेको थियो।