काठमाडौं– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साउनमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ पोस्ट ग्र्याजुएट डिप्लोमा इन काउन्सेलिङ साइकोलेजी (२०७०)को परीक्षाको परीक्षाफल प्रकाशित भएको छ।
परीक्षाफल www.educationalkhabarsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने पनिका बल्खुले जनाएको छ। नेपाल टेलिकमको १६०२ मा डायल गरी अथवा ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिनेछ। रासस