काठमाडौं—त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी पाँचौ वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ।उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com, www.educationsansar.com र www.tu.ntc.net.npमा हेर्न सकिनेछ।
यसैगरी, गत असार महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक बिबिएस तेस्रो वर्षको परीक्षाको परीक्षाफल आजै प्रकाशित गरिएको छ।
त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६०, २६८ र २७० अनुसार परीक्षाको मर्यादाविपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क ४६४००३७, ४४७००२८ का परीक्षार्थीहरुलाई २०७३ सालसम्म दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनैपनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्कासन गरिएको कार्यालयले जनाएको छ। रासस