प्रभावित १५ जिल्लामा राहत
१९ वैशाख २०७२
•
६ मिनेट पाठ
प्रभावित १५ जिल्लामा राहत
काठमाडौं-सरकारले महाभूकम्पबाट अतिप्रभावित १५ जिल्लामा शनिबार १ सय ३५ ट्रक राहत सामग्री पठाएको छ। त्यसमा चामल, त्रिपाल, चिउरा, लत्ताकपडा, औषधिलगायत सामग्री छन्।उद्धार तथा राहत सामग्री संयोजन गरिरहेको गृह मन्त्रालयका अनुसार उक्त परिमाण बराबरको राहत सामग्रीसम्बद्ध जिल्ला पठाइएको हो। ‘राजधानीका विभिन्न नाकाबाट राहत सामग्री बोकेका ट्रक हिँडिसकेका छन्,' गृहप्रवक्ता लक्ष्मीप्रसाद ढकालले शनिबार नागरिकसँग भने, ‘काठमाडौंसहित नजिकका जिल्लामा राहत सामग्री पुग्नुका साथै वितरण पनि सुरु भइसकेको छ।'
उनका अनुसार सिन्धुपाल्चोकका लागि २२, रसुवा २, धादिङ ९, काभ्रे ५, नुवाकोट ११, सिन्धुली २, ओखलढुंगा १, रामेछाप १, लमजुङ ८, गोरखा १०, दोलखा ८, मकवानपुर १, काठमाडौं ३९, ललितपुर ६ र भक्तपुरका लागि १० ट्रक राहत सामग्री पठाइएको छ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार शनिबार दिउँसो ४ बजेसम्म ७ हजार ८ सय १२ क्विन्टल चामल भूकम्पपीडित क्षेत्र पठाइएको छ। त्यसैगरी २ सय ७७ क्विन्टन नुन, ३ सय १० क्विन्टल चिनी, ९४ हजार ४ सय ८२ कार्टुन चाउचाउ, १ हजार ६ सय ३८ क्विन्टल चिउरा, २८ हजार ९ सय ४५ कार्टुन बिस्कुट र ६ हजार ३ सय ५८ लिटर पानी पठाइएको जनाइएको छ।
तर, भूकम्प गएका आठ बितिसक्दा पनि सरकारले अझै क्षतिको पूर्ण विवरण यकिन गर्न सकेको छैन। सबैभन्दा प्रभावित मानिएको जिल्ला सिन्धुपाल्चोकमा पूर्ण र आशिंक क्षति भएका घरको विवरण अझै संकलन गर्न सकेको छैन। यसबाट त्यहाँ कति परिवारलाई राहत सामग्री वितरण गर्ने भन्ने स्पष्ट भएको छैन।
त्यसैगरी अर्को अतिप्रभावित मानिएको गोरखाको अवस्था पनि सिन्धुपाल्चोकको भन्दा कम छैन। गृह मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा गोरखामा के–कति घरमा पूर्ण वा आशिंक क्षति पुगेको छ, उल्लेख छैन।
मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले चामल, चिनी तथा अन्य खाद्यान्न अभाव नभएको दाबी गरे। ‘खाद्यान्न अभाव हुँदैन,' उनले नागरिकसँग भने, ‘अहिले भएको खाद्यान्न संकटग्रस्त क्षेत्रमा पठाइँदैछ।' वाणिज्य मन्त्रालयअन्तर्गत भएको नेसनल ट्रेडिङ र खाद्य संस्थानले देशभित्र सरकारले जम्मा गरेको खाद्यान्न बिक्री गर्दै आएको छ।
सहरी विकास मन्त्रालयका प्रवक्ता पदमकुमार मैनालीका अनुसार २६ हजार त्रिपाल वितरण गरिएको छ। यो तथ्यांक गत शुक्रबारसम्मको हो। शनिबारबाट वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि विकास मन्त्रालयले बाँड्ने उनको भनाइ छ। भन्सार विभागको तथ्यांकअनुसार त्रिपाल, ब्ल्यांकेट ५२ हजार ८ सय ५४ थान विभिन्न देशबाट आएको छ। त्यसमध्ये सरकारले ५० प्रतिशत आफैंले खरिद गरेको हो।

Rahat

                                                                                                    स्रोत: गृह मन्त्रालय
आपूर्ति मन्त्रालयका सहप्रवक्ता दीपक पाण्डेले नेसनल टे्रडिङबाट शनिबार मात्र ६० वटा ट्रकमा विभिन्न खाद्य सामग्री पठाएको बताए। सिन्धुपाल्चोक, काभ्रे, धादिङ, नुवाकोट, रामेछाप, गोरखा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवालगायत जिल्लामा खाद्यान्न पठाइएको जानकारी दिए।
उनका अनुसार ५ सय ७७ बोरा चामल, ४ सय ४१ बोरा आलु, ९१ बोरा प्याज, गहुँ र आटा ४ सय ५३ बोरा, ७ हजार २ सय २६ कार्टुन चाउचाउ, २६ थान त्रिपाल, चिनी १३ बोरा, नुन २० बोरा, बिस्कुट २ हजार ५ सय ७१ कार्टुन, दाल ३३ बोरा, मिश्रित खाद्यान्न १ सय ६५ प्याकेट र पानी २ हजार १ सय ७० केस पठाइएको छ।
गृह मन्त्रालयले विदेशबाट आएको सहयोग हेलिकप्टर र स्थलमार्गबाट पठाएको छ। गृहले राहत सामग्री वितरण गरेको बताए पनि पीडितले भने अझै त्रिपालसमेत नपाएको गुनासो गरेका छन्। दोलखा सुन्द्रावतीका डम्बरप्रसाद ओलीले ‘राज्यले खाद्यान्न त दिन सकेन–सकेन, पानीबाट बच्न एउटा त्रिपालसमेत नदिएको' आक्रोश पोखे।  
‘जनताप्रति उत्तरदायी भनिएको सरकारबाट पनि जनताले केही पाउन सकेनन्,' उनले भने, ‘यस्तो सरकारबाट के अपेक्षा गर्नु?' भूकम्पले घरबारबिहीन बनाएको आठ दिन भइसक्दा पनि पानीलाई ओछ्यान बनाएर सुत्नुपर्ने अवस्था उनले औंल्याए।
दोलखा त परको कुरा, काठमाडौंका भूकम्पपीडितले समेत राहत महसुस गरेका छैनन्।
अर्को समाचार
शीतलहर प्रभावित तराईका २२ जिल्लामा राहत घोषणा
२४ पौष २०७४
•
२ मिनेट पाठ
शीतलहर प्रभावित तराईका २२ जिल्लामा राहत घोषणा
काठमाडौं – सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैंया बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले तराईका २२ जिल्लामा राहत घोषणा गरेको थियो ।

गृह मन्त्रालयले तराईका २२ जिल्लामा प्रति जिल्लामा १० लाख रुपैंयाको कम्बल र दाउरा लगायतका न्यानो सामाग्री वितरण गर्ने निर्णय गरेको हो । गृहले आजै सरकारको मौजदातमा रहेका कम्बल लगायतका समाग्रीहरु पनि तत्काल तराईका २२ जिल्लामा पठाउने तयारी गरेको छ । ‘प्रधानमन्त्रीको निर्देशमा तराईमा २२ जिल्लामा तत्काल २ करोड २२ लाख रुपैंया बराबरको राहत वितरण गर्ने निर्णय भएको छ’ गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘राहत वितरणको कार्य आजैदेखि सुरु हुन्छ । केन्द्रबाट कम्बल लगायतका सामाग्री जाने क्रम सुरु भैसकेको छ ।’

गृहले जिल्लास्थित स्थानीय विपत व्यवस्थापन समितिको सिफारिसमा उक्त राहत वितरण गर्ने निर्देशन समेत गरेको छ । गृहले तत्काल केन्द्रीय दैवीप्रकोप उद्दार कोषबाट उक्त रकम वितरण गर्ने भएको छ । ‘मौजदातमा रहेका न्यानो कपडाहरु आजैदेखि जिल्ला जान सुरु भएको छ’ गृह सचिव सापकोटाले भने, ‘सशस्त्र प्रहरीको ट्रकबाट ढुवानी सुरु भैसकेको छ ।’ गृहले तराईमा स्कुल लगायतका सार्वजनिक भवनमा बालबालिका र बुढापाकालाई न्यानोमा राख्न अस्थायी सेल्टर पनि खडा गर्ने सम्बन्धित जिल्लालाई निर्देशन दिएको छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस