काठमाडौं– एनएमबी मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगको सुपर सिक्समा स्थान सुरक्षित गरेको छ। पहिलो चरणको आफ्नो अन्तिम खेल (१२औं) मा शुक्रबार सामसुङ जावलाखेल युथलाई १–० ले हराउँदै मछिन्द्र सुपर सिक्स पुग्ने अन्तिम टोली बन्यो। सोही दिन पहिलो खेलमा विभागीय प्रतिद्वन्द्वी एपिएफलाई २–० ले हराउँदै नेपाल पुलिस क्लब अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ। समान २२ अंक भए पनि हेड टु हेडका आधारमा पुलिस दोस्रो र संकटा तेस्रोमा छन्।
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले शीर्ष स्थानको मनाङ र थ्री स्टारबीचको नतिजापछि मात्र लिगको रौनकबारे अनुमान गर्न सकिने बताए। 'थ्री स्टार र मनाङको खेल भाइटल हो। थ्री स्टारले जिते लिगको उपाधि दौड रोचक हुनेछ। अन्य क्लबको पनि सम्भावना बाँकी रहन्छ,' उनले भने, 'मनाङ जित्यो भने उपाधि दौड एकपक्षीय हुन्छ।' दोस्रो स्थानको पुलिसभन्दा एक खेल कम खेलेका मनाङको २६ र थ्री स्टारको २१ अंक छ।
भोला सिलवाल र जुमानु राईको गोलमा तीनपटकको लिग च्याम्पियन पुलिसले लिगमा छैटौं जित पाएको थियो। विभागीय डर्बीमा अग्रताको लागि पुलिसले पहिलो हाफको अन्त्यसम्म कुर्नुपर्योल। भोलाले पेनाल्टी गोलमार्फत सुरुआती अग्रता दिलाए। मैदानको दायाँपट्टि पेनाल्टी बक्सको केही बाहिरबाट भोलाले गरेको प्रहार एपिएफका रक्षक सचिन्द्र धिमालको 'ह्यान्ड' भएपछि पुलिसले पेनाल्टी पायो। दोस्रो हाफमा मैदान छिरेका जुमानुले ७७औं मिनेटमा गोल थपे। दिपेन श्रेष्ठले क्रस गरेको बल जुमानुले नजिकबाट हेडमा सहजै गोल गरेका थिए।
एपिएफका प्रशिक्षक कृष्ण थापाले कमजोर रक्षापंक्तिका कारण गोल खानुपरेको बताए। 'पछिल्ला चार खेलदेखि रक्षापंक्तिको प्रदर्शन खराब भइरहेको छ। जति सम्झाउँदा पनि त्यसमा सुधार भएको छैन,' उनले भने, 'सचेत नहुँदा पहिले पेनाल्टी भयो। अर्कोमा मार्किङ कमजोर भएर गोल खायौं।'
खेलको अन्त्यतिर गणेश लावतीको गोल नदिएकोमा उनले सहायक रेफ्रीको आलोचना गरे। 'क्रसबारमा लागेर जाली हल्लिए पनि गोल दिइएन,' उनको आरोप थियो, 'रेफ्रीहरूले शृंखलाबद्ध गल्ती गरिरहेका छन्। रेफ्रीहरूको जजमेन्ट सही भएन।'
८७औं मिनेटमा गणेशले झन्डै २० यार्डबाट प्रहार गरेको बल क्रस बारमा ठोक्किँदै गोललाइनमा ठोक्किए पनि गोल दिइएन। इन्जुरी समयको दोस्रो मिनेटमा रञ्जन विष्टले नजिकबाट गरेको प्रहार पुलिसका गोलकिपर रितेश थापाले जोगाए। '५०–५० को खेल थियो। गणेशको गोल दिइएन। रञ्जनले मौका चुकाए,' प्रशिक्षकले थापाले भने, 'अन्यथा खेल बराबरी हो।'
पछिल्ला ६ खेलमा एकमात्र जित पाउन सकेकोमा निराश प्रशिक्षक थापाले सुपर सिक्समा ठूलो अपेक्षा नगरिएको बताए। 'सुुपर सिक्समा हामी छैटौं टोली हौं,' उनले भने।
विशाल राईले ४०औं मिनेटमा गरेको एकमात्र गोलमा मछिन्द्रले लिगमा पाँचौं जित दर्ता गराया। कर्ण लिम्बुले पेनाल्टी बक्सभित्र मिलाएको पासमा कसैको निगरानीमा नरहेका विशालले सजिलै गोल गरे। सुपर सिक्सको स्थान पक्का गर्न जावलाखेललाई कम्तीमा ८ गोल अन्तरको जित आवश्यक थियो। तर टोलीको प्रदर्शनमा त्यस्तो सम्भावना थिएन। गोलकिपरसहित ५ नयाँ खेलाडीलाई मौका दिएको जावलाखेलले मछिन्द्रविरुद्ध दबाबसमेत दिन सकेन। यद्यपि टोलीका प्रशिक्षक किशोर केसीले जितका लागि खेले पनि सफल नभएको बताए। लिगमा मिश्रित खालको नतिजा आएको जनाउँदै केसीले व्यवस्थापनमा सुधार भए अर्को वर्ष बलियो रूपमा आउने जनाए।
मछिन्द्रका प्रशिक्षक योहान कालिनले आफ्नो टोली सुपर सिक्सको हकदार भएको दोहार्याूए। उनले भने, 'सुपर सिक्समा एकपछि अर्को खेलका लागि रणनीति बनाउँदै जतिसक्दो राम्रो गर्ने प्रयास गर्नेछौं।'
लिगमा शनिबार
फ्रेन्ड्सविरुद्ध ब्वाइज युनियन
थ्री स्टारविरुद्ध मनाङ