दक्षिण अफ्रिका विजयी
११ फागुन २०७०
•
३ मिनेट पाठ
दक्षिण अफ्रिका विजयी
पोर्ट एलिजाबेथ– दक्षिण अफ्रिकाले दोस्रो टेस्टमा अस्ट्रेलियालाई २ सय ३१ रनले पराजित गरी शृंखला १–१ को बराबरीमा ल्याएको छ। ४ सय ४८ रनको ठूलो चुनौती लिएर आएको अस्ट्रेलिया २ सय १६ रनमै सीमित भयो। टोलीले पछिल्ला ९ विकेट ६४ रनका लागि गुमायो।

क्रिस रोजर्स र डेविड वार्नरले पहिलो विकेटमा शतकीय साझेदारी गरे पनि कीर्तिमानी लक्ष्य पाएको अस्ट्रेलियाले त्यसको फाइदा उठाउन सकेन। यी दुईले ३० ओभरभित्र १ सय २६ रन जोडेका थिए। शृंखलाका ३ इनिङ्समा १० रनमात्र बनाउन सकेका रोजर्सले १ सय ७ रन बनाए। वैकल्पिक फिल्डर अल्भिरो पिटरसनले उनलाई रन आउट गरे। उनी आउट हुने नवौं खेलाडी थिए।
पहिलो टेस्टमा र यस टेस्टको पहिलो इनिङ्समा शतक बनाएका वार्नरले ६६ रन बनाए। २ सय ३७ बल खेलेका रोजर्सले १२ चौका र वार्नरले ७३ बल खेली ९ चौका र १ छक्का प्रहार गरे। वार्नरलाई जेपी डुमिनीले आउट गरेसँगैं अस्ट्रेलियाको पतन सुरु भएको थियो। 
त्यसपछि एलेक्स डुलान, कप्तान माइकल क्लार्क, स्टेभन स्मिथ र ब्राड हेडिन १–१ रनमा आउट भए। शन मार्शले १ बलमात्र खेल्ने सके। मिचेल जोन्सन र रायन ह्यारिसले ६–६ रन बनाए। दक्षिण अफ्रिकाका डेल स्टेयनले ४ विकेट लिए। अघिल्लो दिन घाइते भएका वायने पार्नेलविना खेलेको दक्षिण अफ्रिकाबाट भेर्नोन फिलान्डरले २ तथा मोर्ने मोर्केल, डुमिनी र डिन एल्गरले १–१ विकेट लिए। 
यसअघि हासिम अमलाले शतक बनाएको केही समयपछि दक्षिण अफ्रिकी कप्तान ग्रिम स्मिथले २७०–५ मा टोलीको दोस्रो इनिङ समाप्तिको घोषणा गरेका थिए। आइतबारको खेलमा दक्षिण अफ्रिकाले १७ ओभरमा ७८ रन जोडेको थियो। चौथो दिनको खेलमा घरेलु टोलीबाट आउट हुने खेलाडी क्विन्टोन डी कोकमात्र थिए। उनले ३४ रन बनाए। 
अघिल्लो दिन ९३ रनमा अविजित रहेका अमलाले १ सय ७६ बल खेली कुल १६ चौका प्रहार गरे। उनको अस्ट्रेलियाविरुद्ध यो पाचौं टेस्ट शतक हो। यसअघि दक्षिण अफ्रिकाबाट यो सफलता इडी बार्लोव, ग्रिम पोलोक, ज्याक कालिस र एबी डी भिलियर्सले मात्र पाएका थिए।
अर्को समाचार
भारतसँगको दोस्रो टी – ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी
१० फागुन २०७४
•
२ मिनेट पाठ
भारतसँगको दोस्रो टी – ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी
दक्षिण अफ्रिका – भारतसँगको ३ वटा ट्वान्टी–२० क्रिकेट श्रृखंलाको दोस्रो खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ८८ रन बनाएको थियो।

भारतका लागि मनिष पाण्डेले नटआउट रहदै सर्वाधिक ७९ रन बनाएका थिए। मनिषले ४८ बलको सामना गर्दै ६ चौंका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै महेन्द्रसिंह धोनीले नटआउट ५२, सुरेश रैनाले ३१ र शिखर धवनले २४ रनको योगदान दिए। दक्षिण अफ्रिकाका लागि जुनियर डालाले २ तथा जेपी डुमनी र एन्डीले फेलुकवायोले एक/एक विकेट हात पारे।

जवाफमा १ सय ८९ रनको लक्ष्य दक्षिण अफ्रिकाले खेल सकिन ८ वल हुदै भेट्टायो। अफ्रिकाका लागि हेनरिक क्लासेनले ४० बलमा ३ चौंका र ७ छक्काको मद्दतमा ७९ र जेपी डुमनीले ७४ बलमा ४ चौंका र ३ छक्काको मद्दतमा नटआउट ६४ रनको सर्वाधिक रन जोड्दै दक्षिण अफ्रिकालाई जिताए।

भारतका लागि जयदेव उनादकटले २ तथा सार्दुल ठाकुर र हार्दीक पान्ड्याले  एक/एक विकेट लिए। पहिलो ट्वान्टी –२० क्रिकेटमा भारत विजयी भएको थियो। यी दुई देशबीको तेस्रो तथा निर्णायक खेल २४ फेब्रुअरीमा हुनेछ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
दक्षिण अफ्रिका विजयी
नागरिक नागरिक • · ०३ भदौ २०७२ · ४ मिनेट पाठ
दक्षिण अफ्रिका विजयी
नागरिक नागरिक • · १८ चैत्र २०६८ · १ मिनेट पाठ
दक्षिण अफ्रिका विजयी
दक्षिण अफ्रिका विजयी
एजेन्सी एजेन्सी • · २९ फागुन २०७४ · २ मिनेट पाठ
अन्तिम बलमा दक्षिण अफ्रिका विजयी
नागरिक नागरिक • · १७ जेष्ठ २०६७ · २ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस