एभरेस्ट म्याराथन आज
१४ जेष्ठ २०७१
•
३ मिनेट पाठ
एभरेस्ट म्याराथन आज
नाम्चे-प्रतिकूल मौसमका कारण बिहीबार हुने एभरेस्ट म्याराथन सगरमाथा आधार सिविरभन्दा ५ किलोमिटर अगाडिबाट हुने भएको छ। मौसम खराबीका कारण गोरकसेपबाट म्याराथन सुरु हुने आयोजक हिमालयन एक्सपिडिसनले बताएको छ।एक्सपिडिसनका अध्यक्ष विक्रम पाण्डेले म्याराथनमा सहभागी धावकहरूको सुरक्षालाई ध्यानमा राखेर ५ किलोमिटर अगाडिबाट म्याराथन सुरु हुने बताए। पाण्डेले भने, ‘यसपल्ट मौसमका कारण गोरकसेपबाट म्याराथन सुरु गर्नेछौं। सहभागीको सुरक्षाका लागि यस्तो निर्णय गरिएको हो।' यसअघि सगरमाथाको आधार शिविरबाट म्याराथन सुरु हुन्थ्यो। म्याराथन नाम्चे बजारमा टुंगिनेछ। 
यसपल्ट ४० नेपालीसहित १ सय ३६ जनाले प्रतिस्पर्धा गर्दैछन्। म्याराथनमा अमेरिका, जर्मनी, क्यानाडा, बेल्जियम, इजरायल, अस्टे्रलिया, भारतका धावकले भाग लिएको आयोजकले जनाएको छ।
सगरमाथामा पहिलोपल्ट मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पाइला टेकेको अवसर पार्दै ११ वर्षदेखि एभरेस्ट म्याराथन हुँदै आएको छ। तेन्जिङ र हिलारीले सन् १९५३ मे २९ पहिलोपल्ट सगरमाथामा पाइला टेकेका थिए।
बिहीबार म्याराथनको नेपालका लागि भारतीय राजदूत रणजित रे र इजरायली राजदूत हनान गोडर गोलबर्जरले संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ। 
एभरेस्ट म्याराथन कर्पोरेट म्याराथनका रूपमात्र नभएर पर्यटन प्रवर्द्धनमा गरिँदै आएको आयोजक अध्यक्ष पाण्डेले बताए। उनले भने, ‘एभरेस्ट म्याराथनले नेपाललाई विश्वमै चिनाउन सहयोग गर्दै आएको छ। नेपालमा पर्यटक भित्त्याउन म्याराथन सहयोगी भएको छ।' 
म्याराथन र ६० किलोमिटर अल्ट्रा दौडको हरेक २ किमिमा चेक प्वाइन्ट राखिने छ। उनले भने, ‘धावकको सुरक्षाप्रति हामी सर्तक छौं। म्याराथनका बेला आइपर्ने आपतकालीन घटनाका लागि हेलिकप्टर र मेडिकल टिमको व्यवस्था गरिएको छ।' 
म्याराथन गोरकसेपबाट सुरु भई लुबुचे, थुक्ला, बिबरी, दिङ्बोचे, फ्याङबोचे, थ्याङबोचे, लुबिसासा, कान्जिम्मा, छोरटर्न हुँदै नाम्चे पुगेर सकिनेछ। 
प्राकृतिक सुन्दरता, मनोरम दृश्य र जोखिमपूर्ण भएकाले पनि एभरेस्ट म्याराथनले छुट्टै परिचय स्थापित गरेको छ। गत वर्षदेखि समावेश ६० किमि अल्ट्रा दौडमा यसपालि १५ विदेशीसहित ३० धावकले प्रतिस्पर्धा गर्ने छन्।
अर्को समाचार
वर्ल्ड सिरिज धावक गुरुङ सम्मानित
१५ भदौ २०७४
•
४ मिनेट पाठ
वर्ल्ड सिरिज धावक गुरुङ सम्मानित
नेपाली सेनाका कप्तान राजीव चन्द (दायाँ)तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका तर्फबाट अल्टा धावक भीमबहादुर गुरुङलाई १ हजार अमेरिकी डलरको चेक हस्तान्तरण गर्दै
काठमाडौं—तेन्जिंग हिलारी एभरेस्ट म्याराथन प्रालिले बिहीबार सन् २०१५ को एभरेस्ट म्याराथनको बिजेता र सन् २०१४ र २०१६ को उपबिजेता भिम बहादुर गुरुङलाई एक कार्यक्रमबीच सम्मान गरेको छ। एभरेस्ट म्याराथनका कार्यक्रम ब्यबस्थापक शिखर पाण्डेले गुरुङलाई अभिनन्दन पत्रले सम्मान गर्दै तेन्जिंग हिलारी एभरेस्ट म्याराथनको ‘हल अफ फेम’मा समाहित गरेको जनाए।

उनले गुरुङलाइ स्कटल्याण्डमा आगामी सेप्टेम्बर १७ मा आयोजना हुने मिगु रन स्काईरनर वर्ल्ड सिरिज २०१७ अन्तर्गतको ग्लेन को स्काईलाइन रेसमा सहभागी हुन नगद १,००० अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरे।

मिगु रन स्काईरनर वर्ल्ड सिरिजको ‘एक्स्ट्रिम दौड’ बिधामा २०५.६ अंकका साथ उनी हाल प्रथम स्थानमा छन्। स्कटल्यान्डमा हुने अन्तिम दौडमा अन्तिम दशमा मात्रै परे पनि गुरुङ उक्त विधामा विश्व च्याम्पियन बन्नेछन्।

गोर्खाको आरुघाट गाउँपालिका अन्तर्गत पोखरी गाउँमा सन् १९८१ मा जन्मिएका गुरुङ सन् २००९ देखि लामो दुरीको दौडमा सहभागी हुँदै आएकाछन्। नेपाली सेनाका हबल्दार गुरुङले देश-बिदेशमा आयोजना भएका दर्जनौं लामो दुरीको दौडमा भाग लिइसकेकाछन्।

विश्वकै प्रतिष्ठित मिगु रन स्काईरनर वर्ल्ड सिरिजमा गुरुङले सन् २०१६ देखि भाग लिन थालेका हुन्। सन् २०१६ मा वर्ल्ड सिरिजको तीन वटा दौडमा भाग लिएका गुरुङले दुई वटा –२९ किलोमिटर लामो यादिंग स्काईरन (चीन) र ५२ किलोमिटर लामो ट्रोफो किमा (इटाली) मा मा स्वर्ण पदक जितेका थिए।

त्यस्तै २०१७ मा भाग लिएको वर्ल्ड सिरिजको ४ वटा दौडमध्ये गुरुङले तीन वटा – २९ किलोमिटर लामो यादिंग स्काईरन (चिन), ५५ किलोमिटर लामो ग्राण्ड प्याराडिसो (इटाली) र ५५ किलोमिटर लामो ट्रोफो किमा (नर्वे) मा स्वर्ण पदक जिति सकेकाछन्। चौथो दौडमा भने उनी बाटो बिराएका कारण १५ औं भएका थिए। मिगु रन स्काईरनर वर्ल्ड सिरिजको ‘एक्स्ट्रिम दौड’ बिधामा २०५.६ अंकका साथ उनी हाल प्रथम स्थानमा छन्। स्कटल्यान्डमा हुने अन्तिम दौडमा अन्तिम दशमा मात्रै परे पनि गुरुङ उक्त विधामा विश्व च्याम्पियन बन्नेछन्।

स्कटल्यान्डमा सेप्टेम्बर १७ मा हुने दौडमा भाग लिन उनी आगामी सेप्टेम्बर १० मा त्यसतर्फ प्रस्थान गर्दैछन्। २०१३, २०१४ र २०१६ मा गुरुङ सामेल रहेको चारसदस्यीय नेपाली टोलीले १०० किलोमिटर लामो हंगकंग अक्सफाम ट्रेलवाकर्स दौडको उपाधि जितेको थियो।

“'बिदेशी धाबकहरुले हामीलाई धेरै सम्मान गर्छन्। केही त नेपालीले भाग लिने दौडमा हामीले केही गरे नि जित्न सक्दैन भन्छन्। उनीहरुबाट यस्तो कुरा सुन्न पाउँदा गर्बको महसुस हुन्छ',” त्रिभुवन आर्मी क्लबका धाबक गुरुङले भने। “आफू कार्यरत संस्था, नेपाली सेना, र देशको शिर उँचो राख्न पाउँदा एकदम खुशी रहेको उनले सुनाए।”

उनले अन्तराष्ट्रिय प्रतियोगितामा आठ स्वर्ण र दुई रजत जितीसकेकाछन्। “नेपालमा आयोजित प्रतियोगितामा दुई दर्जन जति स्वर्ण पदक जितिसकेको गुरुङले सुनाए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस