क्यान साधारणसभा होला ?
२६ मंसिर २०७२
•
८ मिनेट पाठ
क्यान साधारणसभा होला ?
काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा रहेको नेपालजस्तो मुलुकमा साधारणसभाले संस्थाभित्रका तमाम विवाद अन्त्य गर्दै द्वन्द्वरहित वातावरण पनि मिलाउँछ।

तर, नेपाली खेलकुदमा आकर्षणको केन्द्रमा रहेको क्रिकेट अहिले साधारणसभाकै नाममा थप द्वन्द्वतिर जाने निश्चित भएको छ। पुस २ बाट वर्तमान क्रिकेट संघ (क्यान) को निर्वाचित कार्यकाल सकिँदैछ। त्यसैले क्यानको कार्यसमिति जसरी पनि समयमै साधारणसभा गरेर वैधानिकता नवीकरण गर्न चाहन्छ। कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य निर्वाचनको पक्षमा रहे पनि अध्यक्ष टंक आङबुहाङ भने तत्काल निर्वाचन गर्ने पक्षमा छैनन्। जबकि नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) भने आफूअनुकूल समिति गठन गर्न क्यानलाई जसरी पनि तदर्थमा परिणत गर्न चाहन्छ। त्यसका लागि राखेपले सोमबार र मंगलबार हुने भनिएको साधारणसभाका लागि निर्वाचन समिति दिएको छैन। क्यानको विधानअनुसार राखेपले निर्वाचन समिति दिएपछि मात्र चुनाव गर्न मिल्छ।

आफ्ना राजनीतिक कार्यकर्ता भर्तीका लागि क्रिकेट बोर्ड गठन तयारीमा रहेको राखेपले भने कैलाली र मोरङ जिल्लाको विवाद, क्यान अध्यक्ष स्वयंको असहमति तथा अन्य वैधानिक विषयलाई कारण देखाउँदै क्यान निर्वाचन गर्न सहमति दिएको छैन। आफैले अध्यक्षता गरेको बैठकबाट साधारणसभाको निर्णय गरे पनि आङबुहाङले सबैको सहमतिमा निर्वाचन गर्ने बहाना गरिरहेका छन्।

मंसिर ६ मा क्यान बैठकले मंसिर २८ र २९ मा साधारणसभा गर्ने निर्णय गरेको थियो। त्यहीअनुसार मंसिर ६ मा नै सबै सदस्यलाई पत्राचार गरेको तथा ७ मा राखेपलाई पनि जानकारी गराउँदै निर्वाचन समिति गठनका लागि अनुरोध गरेको क्यानका पदाधिकारीको दाबी छ। सबैखाले समस्याबाट निकास दिनुपर्ने साधारणसभालाई नै झन ठूलो द्वन्द्वको कारण बनाउने गरी नेपाली क्रिकेटका सरोकारवालाहरू अहिले फरक कित्तामा उभिएका छन्। त्यसो त नेपाली क्रिकेटमा साधारणसभा र निर्वाचनको संस्कार छैन।

पहिलोपल्ट २०६८ पुस २ मा क्यानको 'प्रजातान्त्रिक' निर्वाचन भएको थियो। त्यसअघि राखेप र सरकारको तजबिजमा क्रिकेट संघ गठन–पुर्नगठन भइरहनु सामान्य मानिन्थ्यो। चार वर्षअघि पनि एमाओवादी नेतृत्वको राखेपले आफ्नै राजनीतिक अभीष्ट पूरा गर्न नेता आङबुहाङको अध्यक्षतामा क्यान पुनर्गठन गरेको थियो। क्यानको नेतृत्व लिएको एक महिनामै चितवनमा निर्वाचन गराएर आङबुहाङले क्रिकेटमा माओवादी हस्तक्षेपलाई वैधानिकता दिएका थिए। तर, उनको कार्यकाल क्रिकेटमा सबैभन्दा विवादास्पद रह्यो। नेतृत्वमा आएलगत्तै खेलाडीलाई मासिक तलब दिने लोकप्रिय निर्णय गरे पनि आङबुहाङ नेतृत्वको क्यान खेलाडीबाट सबैभन्दा आलोचित बन्यो। पुरानो सत्तालाई पाखा लगाउन माओवादी र पुराना क्रिकेटकर्मीको एउटा समूहमा गजबको एकता देखिए पनि त्यो लामो समय टिक्न सकेन।

क्रिकेट संघ चाँडै आपसी द्वन्द्वमा फस्यो। खेलाडीले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा क्यानविरुद्ध भ्रष्टाचार र पदीय दुरुपयोगको आरोपमा मुद्दा हाले। अख्तियारले पनि अध्यक्ष आङबुहाङ र महासचिव अशोकनाथ प्याकुर्याुलसहित १० पदाधिकारीलाई भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा चलायो। मुद्दा चलाइएका सबै फैसला नभएसम्म निस्कृय भए। त्यसबीचमा क्यानले तीन जनालाई कार्यवाहक अध्यक्षका रूपमा थेग्नुपर्योम। सरकारले पनि पूर्वअध्यक्ष विनयराज पाण्डेको अध्यक्षतामा तीन सदस्यीय अर्को तदर्थ समिति बनायो। भलै अदालतले त्यसलाई मान्यता दिएन।

अख्तियारले मुद्दा चलाएका क्यानका अध्यक्ष र महासचिवसहित सबैले कात्तिक २० मा विशेष अदालतबाट सफाइ पाए। सफाइ पाएपछि उनीहरू पदमा फर्किनु स्वाभाविक थियो। १८ महिनासम्म भ्रष्टाचारको मुद्दा लाग्दा सँगै अदालत धाएका पदाधिकारीबीचको एकता त्यसपछि टुट्यो। अध्यक्ष निर्वाचन नगराउने र अरु गराउने भन्दै फेरि अर्को कित्ताकाट भयो।

साधारणसभाका लागि देशभरबाट प्रतिनिधि आउनेक्रम सुरु भइसकेको र घोषित मितिमै चुनाव गर्ने अडानमा क्यानका बहुमत सदस्य रहेको उपाध्यक्ष चतुरबहादुर चन्द दाबी गर्छन्। परिषद कुनै पनि हालतमा चुनाव गर्न नदिने सुरमा छ। अध्यक्ष आङबुहाङ पनि चुनावको कुरामा आलटाल गरिरहेका छन्। किन त? सजिलो उत्तर छ, 'स्वार्थ।'

एमालेका तर्फबाट राखेपमा सदस्यसचिवको नियुक्ति पाएका केशवकुमार विष्टलाई क्रिकेटमा एमालेको कब्जा गर्नुपर्ने 'बाध्यता' छ। बल्खुदेखि त्रिपुरेश्वरसम्मको माला उनिँदा क्रिकेटमा एमाले सचिव योगेश भट्टराईले नेतृत्व लिने चर्चा छ। आङबुहाङ चुप लाग्नुमा एमाले, एमाओवादी र कांग्रेसबीच सबै पार्टीका कार्यकर्ता समेटेर बोर्ड गठन गर्न भएको गोप्य सहमतिलाई केही खेलकर्मी कारण मान्छन्। उता अहिले निर्वाचन गरे आफूले नेतृत्व लिनसक्ने लोभ क्यानका अन्य सदस्यलाई लागेको छ।

यसबीचमा नेपाली क्रिकेटलाई साँचो अर्थमा थेगिरहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) पनि क्यानको अपारदर्शिता, कुशासन लगायतका नालायकीबाट आजित भइसकेको छ। त्यसकै कारण आइसिसीले आफ्नो सदस्य क्यानप्रतिको गुनासो पोख्दै राखेपलाई पत्राचार गर्योइ। राखेपले त्यसलाई हस्तक्षेप गर्ने सहमतिका रूपमा बुझ्दा नेपाली क्रिकेट द्वन्द्वतर्फ जाने निश्चित भएको छ।
अर्को समाचार
राजघरानामा क्यानको साधारणसभा
२६ मंसिर २०७२
•
१ मिनेट पाठ
राजघरानामा क्यानको साधारणसभा
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को शनिबार बसेको कार्यसमिति बैठकले साधारणसभा पूर्वनिर्धारित मितिमै गर्ने निर्णय गरेको छ। क्यानको चुनावी साधारणसभा मंसिर २८ र २९ मा हुने यसअघि नै निर्णय भइसकेको छ। राष्ट्रिय खेलकुद परिषदले निर्वाचन समिति नदिएकाले साधारणसभा अन्योलमा थियो। परिषदले निर्वाचन समिति नदिए पनि साधारणसभा सोमबार कमलादीस्थित राजघरानामा ११ बजे सुरु गर्ने निर्णयमा पुगेको क्यानका उपाध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्।

चुनावको विपक्षमा देखिएका अध्यक्ष टंक आङबुहाङ लगायत केही सदस्य बैठकमा अनुपस्थित रहेको बताइएको छ। उपाध्यक्ष चन्दले गौशालास्थित शिवम् होटलमा बसेको बैठकमा बहुमत सदस्य उपस्थित रहेको दाबी गरेका छन्। उनले नागरिकसँग भने, 'क्यानको साधारणसभा निर्धारित मितिमै हुन्छ, जिल्लाहरूबाट प्रतिनिधि आइसकेका छन् र राखेपले निर्वाचन समिति नदिएर साधारणसभा रोकिँदैन। त्यसविरुद्ध कानुनी उपचार खोजिनेछ।' बैठक उनकै अध्यक्षतामा बसेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
क्यानको विशेष साधारणसभा हुँदै
क्यानको विशेष साधारणसभा हुँदै
नागरिक नागरिक • · ०५ वैशाख २०७५ · २ मिनेट पाठ
क्यानको चुनाव वैशाखमै
नागरिक नागरिक • · ०२ वैशाख २०७२ · ४ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस