१७ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

पोखरामा छमछमी ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहालले अकस्मात् गठबन्धन फेर्दाको राजनीतिक रन्कोमा मुलुक अझैँ गरमागरम छ। राजधानीमा गठबन्धन फेरिएपछिको तरंग अझैँसम्म पनि थामिएको छैन।

राजधानीका विभिन्न मञ्चहरूमा उपस्थित हुने क्रममा स्वयम् प्रधानमन्त्री दाहालमा पनि त्यो तरंगका बछिटाहरू झल्किरहन्छन्। यस्तोमा आइतबार पोखरा पुगेका प्रधानमन्त्री दाहाल केही फरक शैलीमा झुल्किएका छन्।

पोखरालाई पर्यटन राजधानी घोषणा विशेष समारोहमा उपस्थित हुन पुगेका दाहाललाई लोकगायक प्रकाश सपुतले मनोरञ्जनको मौका दिए।

सार्वजनिक भएको लाइभ भिडिओमा सपुतले आफ्नो सुप्रसिद्ध गीत ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ को लाइभ प्रस्तुति दिइरहेका छन्। जसमा गलामा रातो गलबन्दी र फुलको माला तथा दाउरा सुरुवाल र कोटमा ठटिएका प्रधानमन्त्री दाहाल छमछमी नाचिरहेका छन्।

प्रधानमन्त्री दाहालको यो नृत्य केही वर्षअघि अभिनेत्री रेखा थापासँगको भाइरल नृत्य सम्झाउने प्रकृतिको छ। दाहालसँगै मञ्चमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य सहितका अतिथि नाचेर रमाइरहेका देखिन्छन्।

प्रकाशित: ४ चैत्र २०८० १५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App