कुम्भ मेलाले सम्पूर्ण मानवलाई एकताको सूत्रमा बाँधेको छ: ओली
सुनसरीको बराहक्षेत्रमा लागेको महाकुम्भ मेलाले सम्पूर्ण मानवलाई एकताको सूत्रमा बाँध्न सहयोग गरेको नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
सुनसरीको चतरामा मंगलबारदेखि महाकुम्भ मेला सुरु हुँदै छ। चैत महिनाको शुक्ल प्रतिपदा (चैत २७ गते) देखि वैशाख शुक्ल अक्षय तृतीयासम्म एक महिना चल्ने पूर्ण महाकुम्भ मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्दै छन्।