१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शेरबहादुर केसी


शेरबहादुर केसीका लेखहरु :

‘पर्यटनले प्रदेश ५ लाई नमूना बनाउन सक्छ’

लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन पवद्र्धनका कार्यक्रम अघि बढाउन सके प्रदेश पाँच मुलुककै नमूना बन्ने यहाँका उद्योगी व्यवसायीले बताएका छन् । उनीहरुले पर्यटन विकासलाई प्राथमिकतामा राख्दै औद्योगिक क्षेत्रको स्थापना र विकासमा पनि उत्तिकै ध्यान दिएर अघि बढ्दा प्रशस्तै रोजगारी सिर्जना हुन सक्ने उनीहरुले बताए।

सुधारगृह बन्न सकेन कारागार

बुटवल उपमहानगरपालिका–५, राममन्दिर क्षेत्रस्थित प्रभु मनी ट्रान्सफरमा २०६२ कात्तिक २४ गते डकैती गर्न आएको समूहको प्रतिकार गर्दा स्थानीय बुद्धि भण्डारी मारिए, अर्का एकजना घाइते भए।

ठेकेदारको चरम लापरबाही

६ वर्षअघि सुरु भएको बेलहिया–बुटवल ६ लेन सडक आयोजना अन्तर्गत भैरहवा खण्डको डण्डामा सात सय मिटर र बर्मेलीटोल–अञ्चलपुरमा १.४ किलोमिटर गरी २.१ किलोमिटर सडक कालिका–तामाङ–प्यासिफिक जेभीले ३९ करोड रुपैयाँमा दुई वर्षमा काम सक्ने सम्झौता गर्दै २०७१, असारमा ठेक्का लियो।

प्रहरी इन्काउन्टरमा मारिए गुन्डा नाइके पुन

एक वर्षयता रुपन्देहीमा भएका दुई हत्या घटनाका प्रमुख योजनाकार मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा मारिएका हुन् । काठमाडौंमा निर्माण व्यवसायी शरद गौचनको हत्या पनि पुनकै योजनामा भएको प्रहरी दाबी छ।

कानुन निर्माणमा प्राथमिकता : मुख्यमन्त्री पोखरेल

भन्सार नाका केन्द्रित भैरहवा कृष्णनगर र नेपालगञ्ज केन्द्रित औद्योगिक करिडोर विकासमा जोड दिने, परासीदेखि बर्दियासम्मको समथर कृषि भूमिमा सिँचाइ सुविधा पुर्‍याएर कृषि उत्पादन बढाउने नीति मुख्यमन्त्री पोखरेलले सार्वजनिक गरेका छन्।

याेजना तथा कार्यक्रम सार्वजनिक

प्रदेश नम्बर ५ बिहीबार तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले एमाले माओवादीबाट एक/एक मन्त्री नियुक्त गरेका हुन् । माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र एमालेका बैजनाथ चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

‘सानो मन्त्रिपरिषद्’

प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले बुधबार साँझ पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । पोखरेलले बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

सभामुखमा घर्ती निर्विरोध

पाँच नम्बर प्रदेशसभाको सभामुखमा पूर्णबहादुर घर्तीको एकल उम्मेदवारी परेकाले निर्विरोध भएका छन् । प्रदेशसभा सचिवालयले घर्तीको एकल उम्मेदवारी परेको जानकारी दिएपनि निर्विरोध भएको घोषणा गरेको छैन ।

मुख्यमन्त्री चयन प्रक्रिया अघि बढ्यो

प्रदेश ५ मा मुख्यमन्त्री चयन प्रक्रिया अघि बढेको छ।एमाले र माओवादी केन्द्रले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन बहुमतसहितको दाबीपत्र प्रदेश प्रमुख उमाकान्त झासमक्ष पेस गरेसँगै मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको हो । आइतबार दिउँसो एमाले संसदीय दलका नेता पोखरेल र माओवादी केन्द्र संसदीय दलका नेता केसीले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई पत्र बुझाएकाहुन्।

बहुवर्षीय ठेक्काका दुई हजार सडक आयोजना अलपत्र

अघिल्लो आर्थिक वर्षमा बहुवर्षीय ठेक्का भई काम अघि बढेका दुई हजार सडक आयोजना चालु आवमा अख्तियारीसहित बजेट निकासा नभएपछि अलपत्र परेका छन् ।सडक विभागले अर्थ मन्त्रालयको स्वीकृति लिएर काठमाडौं सहरी सडक, क्षेत्रीय तथा पर्यटकीय सडक र अन्य सहरी सडक शीर्षकमा दुई हजार सडकको बहुवर्षीय ठेक्का भई काम अघि बढाएका ती आयोजना अलपत्र परेका हुन् ।

सरकार गठन गृहकार्यमा एमाले

प्रदेशसभा बैठकसँगै सरकार गठनको गृहकार्य पनि अघि बढेको छ । प्रदेश ५ मा नेकपा एमालेले शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरिसकेको छ । एमाले–माओवादी केन्द्रबीच भएको सहमतिअनुसार प्रदेश ५ सहित प्रदेश १, ३ र ४ मा एमाले र प्रदेश नम्बर ६ र सातमा माओवादीले मुख्यमन्त्री पाउने सहमति भएको छ । यो सहमतिअनुसार पोखरेल माओवादीको सहयोगमा प्रदेश ५ को मुख्यमन्त्री चुनिदैंछन्।

निर्माणाधीन सडकको भुक्तानी रोकियो

बजेट अभावमा निर्माणाधीन सडक र पुलको काम गरेका ठेकेदारले भुक्तानी पाउन सकेका छैनन् । सडक कार्यालयबाट भुक्तानी हुन नसकेपछि महिनौंदेखि मजदुर र सप्लायर्सलाई दिनुपर्ने लाखौं रुपैंयाँ रोकिएको निर्माण व्यवसायीहरुको भनाइ छ ।

बुटवलका सडकमा फूलबारी बन्दै

जताततै फोहर,धुलाम्मे र ट्राफिक जामले अस्तव्यस्त। हाम्रा शहरका बारेमा कुरा गर्दा दिमागमा यी विषय नाचिहाल्छन्। अब बुटवलको सडक धुलाम्मे र फोहर होइन्, सडकको दाँया—बाँया थरिथरिका फुल फुल र हरियालीले हेर्न लायक हुनेछन्।

टुंगो लाग्न सकेन भवन

प्रदेश ५ को राजधानी सहर बुटवलमा प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय र मन्त्रालय रहने स्थानको टुंगो अझै लाग्न सकेको छैन । पहिले सिफारिस भएका ठाउँमध्ये कतिपय सुरक्षाका हिसाबले संवेदनशील र कतिपय कार्यालय तत्काल सार्न अप्ठेरो भएकाले नयाँ विकल्प खोज्दै कार्यालय व्यवस्थान गर्न लागिएको भवन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख सुरेश ठाकुरले बताए।

दुर्गा-बसन्त हत्यामा एउटै हतियार प्रयोग

एक वर्ष अघि रुपन्देहीको देवदहमा हत्या गरिएका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र तीन साता अघि देवदहमै हत्या गरिएका युवासंघका अर्का कार्यकर्ता बसन्त पौडेलको हत्यामा एउटै हतियार प्रयोग भएको प्रहरी अनुसन्धानमा खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्