१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपालमा ओमोडाको १५१ भन्दा बढी गाडी बिक्री

नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपालमा १ सय ५१ भन्दा बढी ओमोडा गाडीको सफल बिक्री गरेको छ।

बुकिङ भएको १ सय ५१ भन्दा बढी गाडीको हस्तान्तरण सँगै काठमाडौँको उत्तरढोका स्थित ओमोडाको सोरुमको औपचारिक उद्घाटन पनि अप्रिल १५ (वैशाख २) मा गरिएको छ।

प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत सोङ चेन, शारदा ग्रुपका अध्यक्ष एस।आर। शारदा, ओमोडा नेपालका कन्ट्री डाइरेक्टर सोङ हुआइफु, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदा, अटोमोबाइलका ग्रुप अध्यक्ष धीरेन तामाङ लगायत विभिन्न अतिथि तथा सञ्चारकर्मीको उत्साहजनक सहभागितामा उ‌द्घाटन समारोह सम्पन्न भएको छ।

कार्यक्रममा शारडा ग्रुपका निर्देशक गौरव शारडाले भने, 'औपचारिक रुपमा ओमोडाको गाडी गत २ फेब्रुअरी २०२४ मा नेपालमा बुकिङ खुला गरिएको थियो। नेपालका मात्रै चार सय भन्दा बढीको बुकिङ भइसकेको छ भने र १ सय ५१ बढी गाडी हाल नेपाली सडकमा गुडिरहेका छन्। नेपाली ग्राहकहरूमाझ फ्युचरिस्टिक गाडीहरू प्रस्तुत गर्न पाउँदा र छोटो समयमा नै राम्रो प्रतिक्रिया प्राप्त गर्न पाउँदा हामी उत्प्रेरित र उत्साहित छौँ।'

प्रकाशित: ४ वैशाख २०८१ १७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App