१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संशाेधन प्रस्तावले सत्तापक्षकै कार्यकर्ता असन्तुष्ट, सरकार सङ्कटमाः मन्त्री शाही

पोखरा–  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सरकार सङ्कटमा परेको बताएका छन्।

नेपाली काँग्रेस कास्कीद्वारा बिहीबार यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले संशोधन प्रस्तावको विषयले समस्या परेको बताए।

“संशोधनले कमसेकम एउटा पक्ष खुसी बन्नु पथ्र्यो”, उनले भने, “संशोधनबाट आन्दोलनरत पक्ष पनि सन्तुष्ट छैनन्, सत्तारुढ दलकै कार्यकर्ता पनि असन्तुष्ट छन्।”

प्रदेश नं ५ मा देखिएको समस्यालाई सुधार हुनेसम्म सुधार गरी लैजानुपर्नेमा उनको जोड थियो।

नेपाली काँग्रेसले समयसापेक्ष नेपाली जनताको भावनालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउँदै उनले पार्टीले गरेका राम्रा काम पनि प्रचार हुन नसकेको उल्लेख गरे।

पोखरा विमानस्थलको निर्माण प्रक्रिया केही प्राविधिक कारणबाट ढिलो भए पनि काम अघि बढ्ने उनले बताए।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले काँग्रेस सरकारमा रहेको वर्तमान अवस्थामा जनतामुखी कार्यक्रमका साथ अघि बढ्नु आवश्यक भएको विचार व्यक्त गरे।

कार्यक्रममा सांसदद्वय यज्ञबहादुर थापा, शारदा पौडेललगायत पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए। रासस

प्रकाशित: २३ मंसिर २०७३ १०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App