१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बार्सिलोनाले चोपेकोइन्जेलाई निम्त्याउने

बार्सिलोना- कोलम्बियामा भएको जहाज दूर्घटनामा परी मृत्यु भएका ब्राजिली क्लब चोपेकोइन्जेका खेलाडी तथा पत्रकारको सम्मानमा बार्सिलोनाले चोपेकोइन्जेलाई मैत्रीपूर्ण खेलका लागि क्याम्प नोउ निम्त्याउने बिहीबार घोषणा गरेको छ।

‘एफसी बार्सिलोना जहाज दूर्घटनामा परी मृत्यु भएका ७१ जना र उनीहरुको परिवारप्रति हार्दीक श्रदाञ्जली अर्पण गर्न चाहन्छ। आगामी वर्षको जोन ग्याम्पर ट्रफीको संस्करण हामी विश्व फुटबल जगतको तर्फबाट उनीहरुमा सर्मर्पित गर्न चाहन्छौं,’ बार्सिलोनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, 'यो निमन्त्रणा बार्सिलोनाको चोपेकोइन्जेसँग सहकार्य गर्ने चाहनाको सुरुआत हो। हामी उनीहरुसँग सहकार्य गर्दै उनीहरुलाई पहिलाको अवस्थामा ल्याउन प्रयास गर्नेछौं।’

‘दि जोन ग्याम्पर ट्रफी’ बार्सिलोनाको प्राचिन प्रतियोगिता हो। जुन हरेक वर्ष क्याम्प नोउमा स्पेनिस ला लिगा सुरु हुनु भन्दा एक हप्ता अघि बार्सिलोना र एक आमन्त्रित क्लबबीच हुदै आएको छ। सन् २०१६ को संस्करणको लागि बार्सिलोनाले साम्पडोरियालाई निमन्त्रणा गरेको थियो।

नोभेम्बर २८ मा  एट्लेटिको नासिओलानविरुद्ध कोपा सुडाअमेरिकाना फाइनलको पहिलो लेग खेल्न गइरहेको टोली चढेको विमान कोलम्बियामा दूर्घटना हुदाँ ब्राजिली 'ए' श्रेणीको क्लब चोपेकोइन्जेका १९ खेलाडी ,अध्यक्ष तथा अन्य पदाधीकारी र पत्रकार गरी कुल ७१ जनाको मृत्यु भएको थियो।

प्रकाशित: २४ मंसिर २०७३ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App