१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अभिनेता नाजिरको ‘गाँठो’ लुक्स सार्वजनिक

लट्टा कपालमा अभिनेता नाजिर हुसेन।

अभिनेता नाजिर हुसेनको नयाँ लुक्स सार्वजनिक भएको छ। निर्देशक सुरज भुसालको ‘गाँठो’ फिल्ममा मुख्य भूमिका निर्वाह गरेका अभिनेता नाजिरको नयाँ लुक्स फिल्म युनिटले सार्वजनिक गरेको हो। पारिवारिक र लभ स्टोरीमा आधारित ‘गाँठो’को प्रिमियर अष्ट्रेलियामा हुँदैछ।

‘फिल्मको लागि लुक्समा मेहेनत गर्नुपरेको थियो। निर्देशक भुसालसँग यसअघि समेत काम गरिसकेको हुँदा पारिवारिक र लभ स्टोरीमा आधारित फिल्ममा देखिने मेहेनत गरेका थिए। फेरि सुटिङमा जानुअघि कार्यशालामा सहभागि भएकाले धेरै काम सहज भएको थियोे,’अभिनेता नाजिर हुसेनले भने।

गत माघको दोस्रो साता फिल्म निर्माणको औपचारिक घोषणा गरेका निर्देशक भुसालको यो तेस्रो फिल्म हो। ‘गाँठो’ मा अभिनेता नाजिर हुसेन, नम्रता श्रेष्ठ र अभय बराल लगायत कलाकारहरुले अभिनय गरेका छन्।

फिल्मको सुटिङ पोखरा, गुल्मी र स्याङ्जा लगायत स्थानमा भएको थियो। निर्देशक भुसालको कम्पनी बट–वाल इन्टरटेनमेन्टले ‘गाँठो’ फिल्म निर्माण गरेका हुन्। फिल्ममा अनुपम शर्माले संगीत दिएका छन् । ‘गा“ठो’ आगामी भदौं ३१ देखि देशभर रिलिज हुदैछ ।

प्रकाशित: २० असार २०७३ ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App