१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लप्सीको परिकार अमेरिकासम्म

पर्वत- जिल्लामा उत्पादित लप्सीका परिकार अमेरिका पठाउने गरिएको छ।  मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा उत्पादित लप्सीको १० वटापरिकार अमेरिका पठाउन थालिएको हो। लप्सीको माडा, अचार, क्यान्डी, तितौरा, जामलगायत परिकार उद्योगले गत वर्षदेखि अमेरिका पठाउन थालेको हो।

पन्ध्र वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले गत वर्ष लप्सीको विभिन्न परिकार करिब तीन सय किलो अमेरिका पठाएको थियो। यस वर्ष १० मेट्रिक टन लप्सीका परिकारको माग भएको उद्योगका संञ्चालक थानेश्वर भुसालले बताए।

अमेरिकाको हिमाल गार्मेन्ट कम्पनीमा हिमाली जडीबुटी तथा फलफूलका उत्पादन विभाग हेर्ने क्रिग सेभरले आफैँ उद्योगमा आएर गतवर्ष लप्सीका परिकार र कफी अमेरिकामा बिक्रीका लागि लगेका थिए। यस वर्ष उद्योगले ४० टन लप्सी प्रशोधन गर्ने लक्ष्य राखेको छ।

वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि जिल्लाका विभिन्न गाविसमा यसको व्यवसायिक खेती थर्न थालिएको छ। रासस

 

प्रकाशित: २२ पुस २०७३ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App