१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बागेश्वरी क्षेत्रलाई धार्मिक वनका रुपमा विकास गरिने

चितवन– कलेज अफ मेडिकल साइन्सेजले चार वर्षअघि छाडेको बागेश्वरीको वन क्षेत्रलाई धार्मिक वन क्षेत्रका रुपमा विकास गरिने भएको छ । त्यहाँ रहेका महत्वपूर्ण संरचना भने प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएका छन् । विभिन्न सङ्घसंस्थाले सो क्षेत्रको वन र संरचना माग गरे पनि वन तथा भूसंरक्षण मन्त्रालयले योगी नरहरिनाथ आध्यात्मिक परिषद्लाई धार्मिक वन सञ्चालन गर्न दिने निर्णय गरेपछि सोहीअनुरुप प्रक्रिया अघि बढेको हो ।

जिल्ला वन कार्यालय चितवनका प्रमुख गणेश रायका अनुसार व्यावसायिक रुपमा सो क्षेत्रलाई प्रयोग गर्न नदिने निर्णय गर्दै धार्मिक वन बनाउने सहमतिअनुरुप निर्णय भएको हो । मेडिकल कलेजले आवासका लागि निर्माण गरेको २२ ठूला भवन समेत त्यस क्षेत्रमा छन् । रायका अनुसार त्यहाँ रहेका कतिपय भवनलाई फोरेर रुख रोपिन्छ भने कतिपयमा जैविक विविधता सूचना केन्द्र र अन्यलाई तालिम केन्द्रका रुपमा विकास गर्ने योजना बनाइएको छ ।

कलेजले यसअघि प्रयोग गरेको क्षेत्र, नजिकैको खुला चौर र आश्रमले प्रयोग गरेको क्षेत्र गरी तीन दशमलव नौ हेक्टरलाई धार्मिक वनका रुपमा विकास गरिने छ। रासस

प्रकाशित: २१ असार २०७३ ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App