२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

चितवन मेडिकल कलेजका सञ्चालक न्यौपाने माथि आक्रमण

चितवन- भरतपुरको चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक (एमडी) डा.हरिश न्यौपानेमाथि मंगलबार दिउँसो अस्पताल परिसरभित्रै आक्रमणको भएको छ। कलेजको शिक्षण अस्पतालबाट गाडी चढेर बाहिरिदै गरेका न्यौपानेमाथि दिउँसो सवा चार बजे तीन चारजना युवाहरुले आक्रमण गरेका थिए। उनीहरुले क्रिकेटको स्टम्पले गाडीमाथि हान्दा अगाडीको शिशा फुटेको छ।

                ‘म अस्पतालबाट बाहिरिदै गर्दा एकजना युवाले नमस्कार गरे र केही कुरा गर्न लागे । सँगै अरु युवाहरु पनि रहेछन् । गाडी रोकिएको बेला उनीहरुले क्रिकेटको स्टम्पले हाने र भागे । म गाडी भित्रै थिए। गाडीको अगाडीको सिसा पुट्यो । मलाइ भने खासै केही भएको छैन’ डा.न्यौपानेले भने। प्रहार किन भयो भन्ने बारे केही सोच्न नसकेको उनले बताए।

                आक्रमणको जानकारी आउँदा साथ प्रहरी परिचालन गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले बताए। ‘हामीले डिएसपीको नेतृत्वमा आक्रमणकारी खोज्न टोली खटाएका छौं । विभिन्न जानकारीहरु बटुलेर आक्रमणकारीको पहिचान गर्दै छौं’ एसपी थापाले भने। अस्पतालमा हुने गरेका पछिल्ला विवादका कारण आक्रमण हुने सम्भावना रहेको उनले बताए।

                अस्पतालमा केही समयअघि एकजना सुत्केरीको निधन भएपछि अस्पताल विरुद्ध आन्दोलनसमेत भएको थियो। ‘केही दिनअघि पनि एकजना बिरामी बच्चाको आफन्तले अस्पतालमा झगडा गरेको भन्ने सुन्नमा आएको छ । अहिले नै यही कारणले आक्रमणको प्रयास भयो भनेर भन्ने अवस्था चाही छैन। तर हामी विभिन्न पाटोमा रहेर बुझ्दै छौं’ एसपी थापाले भने।

 

प्रकाशित: ११ माघ २०७३ १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App