१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

फेवा किनारमा साहित्यिक जमघट

पोखरा- देशभरका साहित्यिक स्रष्टा चारदिनका लागि पोखरामा भेला हुने भएका छन्। फेवाताल किनारमा शुक्रबारदेखि सुरु हुने चारदिने नेपाल लिटरेचर फेस्टिभलमा साहित्यिक जमघट हुन थालेको हो। नेपाल पर्यटन बोर्डको पार्दीस्थित परिसरमा महोत्सव चल्नेछ। चारदिने महोत्सवमा नेपाली साहित्य, संगीत र कला संस्कृतिको संयोजन गरिने आयोजकले बताएको छ। यसले पोखरामा पर्यटन प्रवर्द्धनमा समेत सघाउने आयोजकको अपेक्षा छ। अहिले हुन थालेको यो छैठौं उत्सव हो। पोखरामा यो दोश्रो उत्सव हो।

महोत्सव आयोजक बुकवर्म फाउन्डेसन हो। महोत्सव संयोजक अजित बरालले पोखराका स्थानीय सहित राजधानी काठमाडौं र चितवन, धनगढी लगायतका स्थानबाट साहित्यकार, राजनीतिज्ञ, पत्रकार लगायतका करिब ८० जना सहभागि हुने बताए। सहभागिहरुसँग फेवा किनारमा साहित्य, लेखन, समृद्धि, बौद्धिकता लगायत विषयमा गम्भिर बहस हुनेछ। उनका अनुसार सहभागि मध्ये तीनजना भारतीय र एकजना भुटानी वक्ता पनि छन्। नेपाली सहितका विदेशी वक्ताहरुसँग यहाँ विभिन्न विषयमा गम्भिर छलफल हुनेछ।

'पोखरामा साहित्व उत्सव गर्न उत्ति सहज होइन। तर, यो जमघटले पोखराको विकासमा भिन्दै प्रभाव पार्नेछ,' उनले भने, 'पोखरालाई पर्यटनका दृष्टिले उकास्न पनि यस्ता उत्सव सहयोगी बन्छन्।' साहित्यिक उत्सवमा कविता बाचन हुनेछ। सामाजिक सञ्जाल, राजनीति, साहित्यको सौन्दर्य, शासकको जवाफदेहीता लगायतमा पनि गम्भिर बहस हुने उनले बताए।

साहित्यिक उत्सवलाई स्थानीय तहमा सहकार्य गरेको र्‍याण्डम रिडर्स सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलले यो पटकको उत्सवमा बढीभन्दा बढी पोखरालाई समावेश गर्न चाहेको बताए। 'पोखरामा बन्न लागेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल होस वा यहाँसम्म उडान गर्ने बुद्ध एयर, यस्तै विषयले यहाँ प्रवेश पाउनेछन, जुन पोखरेलीका लागि निकै नै चाँसोको विषय बन्नेछ,' उनले भने, 'अघिल्लो संस्करणलाई उत्सव आयोजना भएपनि पोखरा अलि ओझेलमा परेको गुनासो थियो। तर, योपटक पोखराले प्रयाप्त ठाउँ पाउनेछ।' पोखरालाई महत्व दिएरै यो पटक उत्सवको कवि शिरोमणि लेखनाथ पौड्यालका कविता बाचनबाट शुभारम्भ गरिने उनले बताए।

साहित्यिक उत्सवमा यहाँको सृजनशील कलाकार समुहको सहित हरेक दिन बेलुकी ५ देखि ६ बजेसम्म सांगितीक प्रस्तुती पनि हुनेछ। स्थानीय कलाकार सहित कन्दरा ब्याण्डले पनि यहाँ रमझम दिलाउनेछ। सृजनशील कलाकार समुहका सुर्य बराइलीले उत्सवमा प्रकृति, समय, जनजीवन समेटिएका चित्र प्रर्दशन पनि गरिने बताए। 'संगीत र कलाको संयोजन पनि यहाँ हुनेछ,' उनले भने।

प्रकाशित: १३ माघ २०७३ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App