१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धनगढीमा एक क्वीन्टल चरेस बरामद

धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारीबाट प्रहरीले एक क्वीन्टल चरेस बरामद गरेको छ।  

क्षेत्रिय अनुसन्धान व्युरो सुदूर पश्चिमका प्रहरी सहायक निरीक्षकद्घय केशव जोशी र पदम थापाको टोलीले देब बहादुर सिंहको घरमा बोरामा लुकाई राखेको अवस्थामा चरेस बरामद गरेको सुदूर पश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विजय भट्टले बताए।

             प्रहरीको लागू औषध ओसासपोसार तथा विक्री वितरण नियन्त्रण अप्रेसन अन्तरुगत स्थानीय देवबहादुर सिंहको घरमा ५ वटा बोरामा लुकाइ राखेको अवस्थामा चरेश बरामद गरिएको उनले बताए।

      प्रहरीले चरेश भेटिएको घरका मालिक सिंहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। पक्राउ परेका सिंहले ३ दिन अघि बझाङबाट आएका एक ब्यक्तीले बोरा घरमा राखेको प्रहरीलाई बयान दिएका छन।

प्रकाशित: १६ माघ २०७३ १३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App