१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बल प्रयोग गरेर पनि संशोधन विधेयक रोकिन्छ: रावल

जाजरकोट- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले  सरकारले संसदमा दर्ता गराएको  संविधान संशोधनको प्रस्ताव बल प्रयोग गरेर भएपनि रोकिने चेतावनी दिएका छन्। राष्ट्रियतालाई असर पार्ने गरि  काँग्रेस माओवादी गठनवन्धनको सरकारले संविधान संशोधन गर्न खोजेकोले  सवै प्रकारका शक्तिको प्रयोग गरि संशोधन प्रस्ताव  असफल बनाउने उनले बताए। उनले संसदमा एमाले सहित नौ दलको मोर्चामा  एक तिहाइ साँसद रहेको भन्दै  सरकारको संशोधन प्रस्ताव असफल हुने बताए।

 आफुहरुले  संविधान संसोधनको  पहिलो प्रस्ताव ल्याउदा  माओवादीका नेताले संसदमा कुर्सी  फुटाएको स्मरण गर्दै  रावलले  संशोधन गर्न नदिइने बताए।

   प्रेस चौतारी जाजरकोटले  शनिवार खलंगामा आयोजना गरेको पत्रकार भेटघाटमा  एमाले उपाध्यक्ष रावलले  बर्तमान सरकार संविधान कार्यान्वयन गर्न असफल रहेको  आरोप लगाए।

  रावलले  सरकारले   चुनाव गराउन नचाहेको आरोप लगाए।  फागुन ७ गते भित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने भनेर प्रधानमन्त्रीले जनता र  अन्य दलहरुलाई झुक्याउने  काम मात्र गरेको बताए। अबको केहि दिन भित्र  सरकारले स्थानीय  चुनावको मिति घोषणा नगरे  सरकारको औचित्य समेत सकिएर जाने  र नयाँ सरकारको विकल्प खोज्नुपर्ने  रावलले बताए।  प्रधानमन्त्रीले  मधेसी दल र प्रतिपक्ष दलहरुसंग फरक परक कुरा गर्दै देशलाइ बन्धक बनाउने काम गरेको आरोप लगाए। रावलले  प्रधानमन्त्री पुष्पकमल दाहालले  राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन समेत लुकाएको आरोप लगाए।  आयोगले सरकार समक्ष बुझाएको प्रतिवेदन मन्त्रीपरिषदमै पेस नगरेर  लुकाउने काम गरेको  उनले  आरोप लगाए।

प्रकाशित: ७ फाल्गुन २०७३ १३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App