१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

यसरी भासियो वीपी राजमार्गकोे ४५ मिटर सडक (फोटो/भिडियो)

शितलपाटी (सिन्धुली)— धुलिखेल–सिन्धुली–बर्दिबास सडक अन्तर्गत सिन्धुलीको  शितलपाटी—९, नेपनटार डाँडा नजिक करीब ४५ मिटर सडक पूरै खसेको छ। आइतबार राती ११ बजे सडक भास्सिएर खसेपछि यो राजमार्गमा सवारी आवागमन ठप्प छ।

सडक खसेको स्थान धुलिखेलबाट ८२ किलोमीटर दुरीमा खुर्कोट पुग्नुभन्दा ४ किलोमीटर वर हो। नागरिकन्युजकर्मी सोमबार मध्यान्ह १२ बजे त्यहाँ पुग्दा सडक खस्ने क्रम रोकिएकै थिएन।

सडक खसेको स्थान धुलिखेलबाट ८२ किलोमीटर दुरीमा खुर्कोट पुग्नुभन्दा ४ किलोमीटर वर हो। नागरिकन्युजकर्मी सोमबार मध्यान्ह १२ बजे त्यहाँ पुग्दा सडक खस्ने क्रम रोकिएकै थिएन।

सिन्धुलीका प्रजिअ ताराबहादुर कार्कीसहित सुरक्षा निकायका प्रमुखहरु सडक खसेको स्थानमा आएर अवलोकन गर्दै गरेको अवस्थामा भेटिए।हालको सडक बन्न समय लाग्ने भएपछि त्यसको विकल्प खोजेर सडक सञ्चालन गर्ने तयारी थालिएको छ। सन्धुली जिविसले खनेको ट्रयाकलाई दुवैतिरबाट सफा गरेर अस्थायी आवागमन सुचारु गर्ने प्रयास थालिएको छ।

सिन्धुलीको खुर्कोट र रातामाटा प्रहरीले यात्रुवाहक सवारीलाई रामेछापतर्फबाट सञ्चालन गर्नका सहजीकरण गरिरहेको छ। बाटोको तल्लो भागमा सुख्खा पहिरो गई बाटो भत्किएर राजमार्ग अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले सिन्धुलीले जनाएको छ।

आइतवार राती ११बजे देखि सुख्खा पहिरो गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई चन्द्र कुमार फाजु श्रेष्ठले जानकारी दिए। राजमार्ग अबरुद्धका कारण विपी राजमार्ग हुदै सिन्धुली, रामेछाप, ओखलढुङगा उदयपुर तथा पूर्वका जिल्ला र तराईका जिल्लाहरुबाट काठमाडौ आवातआवत गर्ने सम्पूर्ण सवारी रोकिएका छन्।  

राती ९ बजेबाट राजमार्ग बन्द हुने हुँदा पहिरोको कारण कुनै गाडी तथा यात्रु बाटोमा अलपत्र नपरेको उनले जनाए। 
(सिन्धुलीबाट अनिल भण्डारीको सहयोगमा)

तस्विर तथा भिडियो : मधुसुदन गुरागाईं 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App