१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चीनसँगका सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाब

चीन भ्रमणबारे प्रधानमन्त्रीले बोलाएको परामर्श बैठक।

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न चीन भ्रमणलाई लिएर पूर्वप्रधानमन्त्री तथा चीन विज्ञसँग परामर्श गरेका छन्। उनले अाफ्नो भ्रमण सद्‌भावना भ्रमण मात्र भएको बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पूर्व प्रधानमन्त्री र चीन विज्ञ सहभागी थिए। उनले आफू मुख्यतः बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको सुनाएका थिए।

'चीनसँग सम्झौता हुने तर कार्यान्वयन नहुने समस्या देखिएको छ। अघिल्लो सरकारले गरेका सम्झौता कार्यान्वयनमा लैजानोस् भन्यौं', प्रधानमन्त्रीको निमन्त्रणामा बलुवाटार पुगेका चीनका लागि पूर्व राजदूत टंक कार्कीले नागरिकन्युजसँग भने।

'यो सद्‌भावना भ्रमण मात्रै हो। म बोआओ सम्मेलनका लागि जान लागेको हो। त्यही बेला उच्च स्तरीय भेटघाट र छलफल पनि हुनेछ', प्रधानमन्त्रीले भने। छलफलमा उनले आफ्नो भ्रमण नेपालको हितमा हुने दाबी गरेका थिए।

विज्ञहरुले नयाँ सम्झौताभन्दा पनि चीनसँग भएका पुराना सम्झौता कार्यान्वयनमा समस्या देखिएको भन्दै प्रधानमन्त्रीलाई पहिलै भएका सम्झौता अघि बढाउन सुझाएका थिए।

'चीनसँग सम्झौता हुने तर कार्यान्वयन नहुने समस्या देखिएको छ। अघिल्लो सरकारले गरेका सम्झौता कार्यान्वयनमा लैजानोस् भन्यौं', प्रधानमन्त्रीको निमन्त्रणामा बलुवाटार पुगेका चीनका लागि पूर्व राजदूत टंक कार्कीले नागरिकन्युजसँग भने।

विज्ञहरुबाट राय सुनिसकेपछि परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले चीनसँग विभिन्न विषयमा सम्झौताको तयारी भइरहेको जानकारी गराएका थिए। उनले वान बेल्ट वान रोड (ओबिओआर) परियोजनाको विषयमा पनि सरकारले तयारी गरेको उल्लेख गरेका थिए।

'हामीले ओबीओबारका विषयमा पनि केही तयारी गरेका छौं तर प्राविधिक कारणले सम्झौता हुन नसक्ने भयो', परराष्ट्रमन्त्रीको भनाइ उदृत गर्दै कार्कीले भने।

छलफलमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल सहभागी थिए।  पूर्व मन्त्रीहरु डा.रामशरण महत, रमेशनाथ पाण्डे सहभागी थिए। टंक कार्की, राजेश्वर आचार्य, राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायतले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।

प्रकाशित: १० चैत्र २०७३ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App