१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्यानमारमा लागु पदार्थ व्यवसायीहरू पक्राउ

याङ्गुन – अवैध लागु पदार्थको बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको एक ठूलो समूहका थप सात जना आरोपित कसूरदारहरु राजधानी याङ्गुनमा पक्राउ परेका म्यानमारको राष्ट्रिय समाचार समितिले जनाएको छ । 

आज पक्राउ परेकाहरु समेत गणना गर्दा यस्ता अवैध लागु पदार्थ कारोबारीहरु पन्ध्रजना पक्राउ परेका पनि जनाइएको छ । 
म्यानमार प्रहरीले गत मङ्गलबारदेखि घर घरमै छापा मारी पक्राउ गरेका कसूरदारहरुबाट अबैध हेरोइन करिब चार केजी, कडा नशालु पदार्थबाट निर्मित प्रतिबन्धित एम्फेटामिन नामक ट्याब्लेट २१ लाख चक्की तथा आइसू भनी चिनिने अर्कोथरी कडा नशालु पदार्थ क्रिस्टल मेथाफेटामिन करीब तीनसय केजि पनि बरामद गरिएको छ । 

बरामद गरिएका लागू औषधहरुको बजार मूल्य करिब ३१ अरब ८४ करोड क्याट  रहेको बताइन्छ । साथै यस अपराधी समूहबाट प्रहरीले केही आधुनिक हातहतियार एवं मोटर गाडीहरु पनि बरामद गरेको छ । 
पक्राउ परिसकेकाहरुलाई अबैध लागू औषध कारोबारमा मुद्दा चलाइने र यसै समूहका फरार रहेका अन्य नौजना अपराधीको पनि ब्यापक खोजी भै रहेको प्रहरीले जनाएको छ । 

गतः नोभेम्बर महिनामा पनि म्यान्मार प्रहरीले अहिलेको भन्दा पनि अझै ठूलो परिमाण – एकहजार एकसयदश किलोग्राम आइसू तथा छसय बाइस किलोग्राम अर्कोथरी कडा नशालु पदार्थ केटामिन बरामद गरेको थियो । ठूला ठूला परिमाणमा अबैध लागु औषध पदार्थको बेचबिखन तथा ओसार पसारमा संलग्न हुने अपराधीहरुको समूह र संख्यामा बृद्धि हुँदै जानु म्यानमार सरकारका लागि टाउको दुखाइको बिषय बन्दै गएको पनि जनाइएको छ । रासस /सिन्ह्वा 

प्रकाशित: ७ वैशाख २०७४ ०६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App