१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ब्याट थन्क्याउँदै युनिस

कराची- पाकिस्तानको वेस्ट इन्डिज भ्रमण सम्पन्न भएसँगै युनिस खानले ब्याट थन्क्याउने छन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिँदा उनीसामु टेस्टमा एउटा अनुपम कोसेढुंगा छुने अन्तिम मौका हुनेछ।

टेस्ट क्रिकेटमा १० हजार रन पूरा गर्ने पहिलो पाकिस्तानी क्रिकेट खेलाडी बन्ने सम्भावनाबाट युनिस २३ रनले मात्र टाढा छन्। पाकिस्तान र वेस्ट इन्डिजविरुद्धका तीनमध्येको पहिलो टेस्ट शुक्रबार जमैकाको किङस्टनमा सुरु भएको छ।

श्रीलंकाविरुद्ध २००० मा डेब्यु गरेयता सबै टेस्ट खेल्ने देशमा शतक प्रहार गरेर उनले फरक कन्डिसनमा उत्तिकै प्रभावका साथ खेल्न सक्ने खेलाडीका रूपमा आफूलाई प्रमाणित गरेका छन्। युनिसले भारत र इङ्ल्यान्डमा दोहोरो शतकसमेत प्रहार गरेका थिए। 

पाकिस्तानका लागि १० वा त्योभन्दा बढी टेस्ट खेल्नेमध्ये युनिसको ब्याटिङ औसत सबभन्दा राम्रो छ। पाँचदिने स्वरूपको खेलमा उनले अहिलेसम्म ५३.०६ को औसतमा ९ हजार ९ सय ७७ रन बनाएका छन्।

प्रकाशित: १० वैशाख २०७४ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App