१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘न्यायाधीशका प्रमाणपत्रको प्रतिलिपि सुरक्षित’

काठमाडौं– न्याय परिषद्ले सबै न्यायाधीशको शैक्षिक योग्यताका प्रमाणपत्र प्रतिलिपि सुरक्षित रहेको स्पष्ट पारेको छ ।

न्याय परिषद् प्रवक्ता निर्मला पौडेलले न्याय परिषद् ऐन, २०७३ बमोजिम सबै न्यायाधीशको नागरिकताको प्रमाणपत्र तथा शैक्षिक योग्यताको प्रमाणपत्र लगायत व्यक्तिगत अभिलेख राख्ने निकाय न्याय परिषद सचिवालय भएको बताएकी छन् ।

परिषद्ले न्यायाधीश तथा न्याय परिषद्का सदस्य गोपाल पराजुलीलगायत सबै न्यायाधीशको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि न्याय परिषद् सचिवालयको अभिलेखमा रहेको स्पष्ट पारेको छ । केही न्यायाधीशका नागरिकता र शैक्षिक प्रमाणपत्रलाई लिएर विवाद हुँदै आएको छ ।

प्रकाशित: १३ वैशाख २०७४ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App