१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भिमसेन गाउँपालिकामा राप्रपाको उम्मेद्वार तय

गोरखा – गोरखाको भिमसेन गाउँपालिकामा राप्रपाले प्रमुखका लागि किशोरप्रसाद ढकालको उम्मेद्वारी दर्ता गराएको छ । 
गोरखा घाटबेसीका ढकाल सबैभन्दा पुरानो तथा अग्रज व्यक्तित्व भएको साथै असल छवी भएको कारण पार्टीले प्रमुखको टिकट दिएको स्थानीयहरूको भनाई छ । 

मंगलवार बगुवामा आफ्नो उम्मेद्वारी दर्ता गराउँदै ढकालले भने ‘भिमसेन गाउँपालिकाका जनताहरूले अब कसलाई भोट दिने भन्ने बारे जानिसकेका छन् । पक्कै पनि उहाँहरुले हाम्रा नभनी राम्रालाई भोट दिनुहुनेछ । प्रमुख पदमा मेरो विजय सुनिश्चित छ । ’

राप्रपासँगै प्रमुख तीन दलले पनि आफ्नो उम्मेद्वार दर्ता गराइसकेको छ । काँग्रेसले ईश्वर पाण्डे, एमालेले सुरेशबाबु श्रेष्ठ र माओवादी केन्द्रले लोकप्रसाद बञ्जारालाई भिमसेन गाउँपालिकाको प्रमुखको उम्मेद्वार घोषणा गरेको छ ।  

 

प्रकाशित: २१ वैशाख २०७४ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App