२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काँग्रेसका उम्मेद्वारको घरमा बम फेला

वालिङ – स्याङ्जाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवारको घरमा शुक्रबार बिहानै बम फेला परेको छ । 

गल्याङ प्रहरी चौकीका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेकाअनुसार शुक्रबार बिहान प्रमुख पदका उम्मेदवार लालगोपाल अर्यालको घरको बरन्डामा एउटा बम फेला परेको हो । 

प्लास्टिकले बेरिएको अवस्थामा बम देखेपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले केहीछिन अघि निष्क्रिय पारेको प्रहरी निरीक्षक पाण्डेले बताए । 

प्रमुख पदका उम्मेदारको घरमा बम फेला परेपछि स्थानीयवासी त्रसित भएका छन् भने प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । रासस 

प्रकाशित: २९ वैशाख २०७४ ०६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App