१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जसले पाएको टिकट युवालाई सुम्पिए

खोटाङ– दोश्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि अहिले हरेक दलभित्र टिकटको दौडधूप चलिरहेको छ। टिकट पाउनका लागि आकांक्षीबीचमा आफु निकटको नेतालाई हारगुहार गर्नेदेखि शक्तीकै प्रयोगसम्म भइरहेको छ । तर, खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका ७४ वर्षीय निर्पबहादुर चौंलागाईले भने पाएको टिकट अर्कैलाई सुम्पेका छन्। जेठ ३१ गते हुने निर्वाचनका लागि कांग्रेसले चौंलागाईलाई वडाअध्यक्षको टिकट दिएको थियो । पुर्वप्रधानपञ्च रहेका चौंलागाईले युवा पुस्तालाई राजनैतिक अवशर दिनुपर्ने भन्दै वडाध्यक्षका आकांक्षी ज्ञानेन्द्र पराजुलीलाई टिकट हस्तान्तरण गरेका छन्। ‘पार्टीले कदर गर्दै टिकट दियो, यसैमा म खुसी छु,’ चौंलागाईले भने, ‘लामो समयसम्म पार्टी हाँक्दै आइयो, अवको नेतृत्व युवा पुस्ताले हाँक्नु पर्छ, अवशर उनीहरुलाई दिनुपर्छ भनेर टिकट त्यागेको हुँ।’ चौंलागाईले पार्टीले दिएको वडाध्यक्षको टिकट कुइभीरमा मंगलबार आयोजित कार्यक्रममा अर्का आकांक्षीलाई हस्तान्तरण गरेका हुन् । पाएको टिकट युवालाई हस्तान्तरण गरेकोमा कार्यकर्ता तथा शुभेच्छुकले उनलाई ‘सर्वमान्य नेता’कारुपमा फूलमाला र अबिर लगाएर सम्मान दर्शाएका छन् । गणेश चौंलागाई, ज्ञानेन्द्र पराजुली, देबेन्द्र खड्का लगायत वडाध्यक्षका आकांक्षी थिए ।

हरेक पार्टीमा अहिले पनि अवशरका लागि होडबाजी गर्ने प्रबृत्ति छ । अवशर आफुले मात्र उपयोग गर्नेहरु बढ्दो छ । युवा पुस्तालाई ‘स्पेश’ नदिने समस्या उत्तिकै निरास लाग्दो छ । त्यही चिर्नका लागि पार्टीले दिएको टिकट युवा पुस्तालाई दिएको चौंलागाईले बताए । उनले २०४६ साल यता कांग्रेसको गाउँ सभापतिकारुपमा निरन्तर २७ वर्षसम्म काम गरिसकेका छन्। गाउँ सभापतिबाट २०७३ सालमा मात्र उनले बिश्राम पाएका हुन् । माओवादीको शसस्त्र द्धन्द्धका समयमा समेत उनले गाउँमै बसेर पार्टीलाई जोगाएको कांग्रेस नेता तथा कार्यकर्ता बताउँछन्।

२०२९ सालदेखि २०३२ सालसम्म गाउँ पञ्चायतको सचिवकारुपमा काम गरेका चौंलागाईसँग फरक–फरक समयमा ९ वर्षसम्म शिक्षककारुपमा काम गरेको अनुभव छ । २०३२ सालपछि बिश्वज्योती प्राविमा प्रअकोरुपमा चार वर्ष काम गरेपछि उनले राजीनामा दिएर प्रधानपञ्चमा लडेका थिए । त्यसबीच उनले २०३६ सालमा बहुदलको पक्षमा पनि लड्न भ्याए । त्यसपछि सरस्वती प्राबि लिकुवापोखरीमा शिक्षकरुपमा ५ वर्षसम्म काम गरेका चौंलागाई राजीनामा दिएर २०४३ सालमा पुःन प्रधानपञ्चमा उठेका थिए । तर, ३ मतले पराजित भएका थिए । अहिले पनि उनको राजनैतिक क्रियासिलतामा कमी आएको छैन । अहिले पनि उनी गाउँका ठूला–साना झै–झगडा देखि सरसल्लाह र योजना निर्माणमा उनलाई नै अघि सार्ने गरिन्छ । उनका ४ छोरा र ३ छोरी छन्।

 

प्रकाशित: १० जेष्ठ २०७४ १२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App