१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पहिरोमा परी श्रीलङ्कामा तेह्र जनाको मृत्यु

कोलम्बो – श्रीङ्काको दक्षिणी क्षेत्रमा शुक्रबार गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अरु कैयौ व्यक्तिहरु हराईरहेका छन् । 

कालुतारा क्षेत्रमा शुक्रबार निकै ठुलो हावाहुरी र भीषण बर्षापछि पहिरो गएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । 

प्रहरीका अनुसार पहिरोमा परी बेपत्ता भएकाहरुलाई खोज्नका लागि घटनास्थलमा प्रहरी र उद्धारकर्ताहरु खटिएका छन् । 
दक्षिणी क्षेत्रको कालुतारा जिल्लाको कोस्बावाका र देल्पावाट्टामा पहिरो गएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । बेपत्ता भएकाहरुको खोजी र उद्धारका लागि घटनास्थलमा हेलिकोप्टर पनि पठाइएको छ । 

घटनास्थलमा अहिले पनि पानीको मात्रा बढीरहेको र उद्धार कार्यमा कठिनाई भइरहेको उद्धारमा खटिएकाहरुले बताएका छन् । 

प्रकाशित: १२ जेष्ठ २०७४ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App