२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चितुवाको आक्रमणबाट एक युवक घाइते

 कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवा आक्रमणमा परी आज एक युवक घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक आनन्द चन्दका अनुसार शुक्लाफाँटा– ८ स्थित भगवती सामुदायिक वनमा चितुवा आक्रमणबाट स्थानीय २६ वर्षीय रविन्द्र धामी घाइते भएका हुन्।

वनमा स्याउला टिप्न गएका बेला चितुवाले उनलाई आक्रमण गरी घाइते बनाएको हो। घाइते धामीको कैलालीको धनगढीमा उपचार भइरहेको छ।

यहाँको पारिफाँटा, मरभोजलगायत क्षेत्रमा पछिल्लो समय चितुवाले आक्रमण गर्ने क्रम बढेको स्थानीयले बताएका छन्।

भवगती सामुदायिक वनका अध्यक्ष केशव धामीले वनको नर्सरीभित्र चन्दले स्याउला टिपिरहेका बेला चितुवाले आक्रमण गरेको बताए। उनका हात र टाउकोमा घाउ छ। –रासस

प्रकाशित: १४ वैशाख २०८१ १६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App