२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सल्लेरीको जंगलमा नजवात शिशुको शव भेटियो

सोलुखुम्बु- सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा नबजात शिशुको शव भेटिएको छ। नयाँ बजार स्थीत मुख्य सडकको भीरमा नवजात शिशुको शव भेटिएको हो। आज अपरान्ह भर्खरै जन्मेर फालेको अबस्थामा शिशु भेटिएको हो। सालनालसहित भेटिएको शिशुको शारीरिक अंग पूर्णरुपमा विकास भइसकेकाले महिना पुगेर नै जन्मिएको हुनसक्ने प्रारम्भिक अनुमान छ।

अवैध संबन्धबाट जन्मेको शिशु भएकाले कसैले हत्या गरि फालेको हुन सक्ने आशंका गरिएको छ। यद्यपी यस बारे थप कुनै सुराक नमिलिसकेकाले अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। शिशुको शब पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पुर्याइएको छ। यस अघि पनि डेड बर्ष पहिले सोही स्थान नजिकै नबवात शिशुको शब भेटिएको थियो । ०७२ मंसिर २७ र २८ गते दुइ वटा यस्तै शिशु भेटिएको थियो। त्यस घटनाका दोषी अहिले सम्म प्रहरीले पत्ता लगाउन सकेको छैन।

 

 

प्रकाशित: १६ जेष्ठ २०७४ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App