१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘राज्य होइन मल–बीउ देऊ’

बालकृष्ण अधिकारी/योगेश रावल

घोडाघोडी – भजनी–६कादिनेश चौधरीलाई घामपानी, भोकतिर्खा केहीको सुर्ता छैन । उनलाई चटारो छ– त खेतीलगाउने । असार १४गते हुने स्थानीयतहको चुनाव संघारमाआएकाले दिनेशलाई खेतीलगाउनथपहतारो परेको छ रे !काम चाँडो सक्ने चटारो रहेकादिनेश बिहानै खेतमा पुग्छन् अनि साँझसम्मकाम गरे घर फर्कन्छन् ।

दिनेश जस्तै धेरै किसानलाई यतिबेला खेतीलगाउने हतारो छ । सँगै २० वर्षपछि हुनलागेको चुनावमा सहभागीहुने उत्सुकतापनि । चुनावअघि नै खेतिपातीलगाउने काम सकिएभोटपछि केहीदिन फुर्सद हुने उनको बुझाइ छ । त्यसैले त उनलाई असार १४ गते हुने स्थानीयतहको दोस्रो चरणको चुनावनखाउँभने दिनदिनभरको सिकार खाउँभने कसको अनुहार जस्तै भएको छ । 

खेतरोपाइँ नै नसकिएपनिभोट हाल्नभने जाने निश्चित गरेकादिनेशले खेतको कामगर्दै नागरिकसँगभने, ‘२० वर्षपछि गाउँ(स्थानीयतह)को चुनावमाभोट त डाल्नु (हाल्नु) पर्छ ।’

भोट कसलाई हाल्ने निधो गर्न बाँकी रहेको सुनाउँदै दिनेश भन्छन्, ‘जसले खेती–किसानीको कुरा सुन्छ उसैलाई रोज्ने हो ।’ पार्टीभन्दाव्यक्ति हेरेर मतदानगर्ने सुरमा रहेको सुनाउँदै उनले भने, ‘अहिले पार्टीलाई नहाल्ने व्यक्तिलाई हाल्ने ।’

आफ्नो गाउँको चुनावभएकाले चिनेजानेको मान्छेलाई भोटहाल्ने बताउँदै उनले थपे, ‘पछिको चुनावमा पार्टी हेरेर भोट हाल्ने हो । अहिले हामीसँगजो बोल्छ, सहयोग गर्छ उसलाई दिने हो ।’

राजनीतिकदल र तिनका नेताहरुको बोलीमा ठेगाननभएको सुनाउँदै दिनेशले भोट फकाउनकुलो बनाइदिनेदेखि छुट्टै राज्यबनाउनेसम्मआश्वासनदिनआएको बताए । ‘छुट्टै राज्य त गाउँको चुनावबाट कसरी हुन्छ हजुर ?कुलो बनाउने कुरामापनिविश्वास छैन,’उनले भने, ‘हामीलाई मलखादको व्यवस्था राम्रो गरिदिए पुग्छ ।’

अँधिया गरेर जीविको चलाउँदै आएकादिनेश भन्छन्, ‘सबै मान्छेको रगत रातै हुन्छ । पहाडीलाईनिचोरेपनिथारु÷चौधरी वा अरु जसलाई निचर्दापनि रगत नै आउँछ । मान्छे मान्छेबीचमाविभेद गर्नुहुन्न ।’

दिनेशमात्रहोइनभजनी–६ कै सुवासचन्द्रले पनिजातको आधारमा छुट्टै राज्य (प्रदेश)को विपक्षमा रहेको बताए । तराई, पहाड के हिमालजहाँको भएपनि मान्छे त मान्छे नै भएको बताउँदै उनले भने,‘मान्छे त्यहीहो दलित, जनजाति, पहाडी, थारु, तराई जे भने पनि ।’

सबै मिलेर नभएको विकास एक्लै र एउटा जातबसेर मात्र केहीनहुने तर्क गर्दै उनले खेतीगर्नेलाई कुनजातकसको राज्यभन्ने कुनै मतलबनभएको बताए । नेताहरुको पछाडि लागेर केहीनहुने गुनासो गर्दै उनले भने, ‘जो आएपनि केहीहुने होइनखालीभ्रम फैलाउने काम गर्छन् ।’

भजनी–३ काँडाका रामबहादुर चौधरीपनिजात र क्षेत्रको आधारमाविवाद र विभाजनको पक्षमा छैनन् । सबै मिलेर बसेकै छौंकिनतोड्नु पर्याे भन्ने प्रश्नगर्दै रामबहादुरले भने,‘हामीलाई बाटोघाटो, मल बिउ दिनुपर्याे ।’ 

मल–बीउसहित बाटोघाटाको व्यवस्थागर्नसक्नेलाई भोट दिने बताउँदै उनले भने, ‘छुट्टै राज्यबनाउनभोट दिने बेलाहोइन।’

टीकापुर–३ शंखपुरकाबीरबहादुर बटालाको ध्यानपनि कस्तो प्रदेश बनाउने भन्दा स्थानीय समस्या समाधानगर्ने र जनताको दुःख–सुखमा साथदिने व्यक्तिको खोजीमा छ । नेपालभिका सबै जात र समुदायमिलेर बस्नुपर्ने औंल्याउँदै पार्टीहरुले आफ्नो स्वार्थ पूरागर्नमात्रजनतालाई भिडाउने गरेको बताए । ‘उनीहरुचाहिँकुर्चीकालागिमिल्ने अनिजनतालाई तेरो र मेरो राज्यचाहियो भन्नु ठीक भएन, उनले भने, ‘हामीहिजो पनिमिलेर बसेकाथियौं, भोलिपनिमिलेर बस्छौं, भइहाल्यो।’

जोशीपुर गाउँपालिकामुनुवाकाखुसीरामचौधरीदेशको ठूलो कुरा गर्नेभन्दागाउँको सानो भएपनिविकास गर्ने नेताको खोजीमा छन् । ‘भोट यसलाई हालँुलाभन्ने छैन,’खुसीराम भन्छन्, ‘विकास गर्ने र हाम्रो समस्यासमाधानगर्ने मान्छे भएत्यसलाई हाल्ने हो ।’

मल, बीउ, पुलपुलेसो, बोरिङसहितका समस्या रहेको सुनाउँदै उनले भने बाटो बनिराखेकै छ, खेती–किसानीकालागिथोरै मूल्यमाबीउ र समयमामलपाए पुगिहाल्छ।’

बत्तीसँगजोडिएको भोट
घोडाघोडी नगरपालिकाकापाँचगाउँअहिले पनिबिजुली बत्तीबाट वञ्चितछन् । २०५६को संसदीयनिर्वाचनका बेलादेखि भोट माग्नआउने नेताले बत्ती ल्याइदिन्छु भोट देउ भन्ने गरे पनिभोटपछि फेरि कोहीपनि र्फकेर नआएको घोडाघोडी–७का सुनिलचौधरीले सुनाए । एक दशकदेखि बत्तीको पोल हेरेर चित्तबुझाउँदै आएका सुनिल भन्छन्, ‘नेतालाई बत्तीचाहियो भन्दाहाहा भन्छन् भोट जितेपछि फर्केर आउँदैन् ।’

राजिपुर, कीर्तिपुर, करैचा,चगालिपुर, सरैयाकादुई हजारभन्दा बढी परिवार बत्ती सुविधाबाट वञ्चित रहेको सुनाउँदै बाबुरामले भने, ‘दुईवटा पोल गाढेको छ तर बत्ती छैन ।’ पोलकालागिप्रत्यृक घरले २५ सय रुपैयाँतिरे पनिबत्तीभने नपाएको गुनासो गर्दै उनले भने, ‘संकटकालअघि नै हामीलाई जिताऊबत्ती दिन्छु भनेकाथिएअहिलेसम्म छैन ।’

बत्तीभए खेतीकिसानीकालागि सजिलो हुने उनको बुझाइ छ । ‘एउटा बोरिङले पालैपालो खेती गरी रहेका छौं । बत्तीभएत्यसमापनि सजिलो हुन्थ्यो । पैसा पनि जोगिन्थ्यो ।’ 

उत्तरतिर हरिनगर र दक्षिणतिर बिजुलीयासम्मबत्तीआएपनिबीचकापाँचगाउँमा२–२ वटा पोल ठडिएका छन् तर अहिलेसम्मतारतानिएको छैन । उनीहरु अहिले पनि टुकीकै भरमाजीवनचलाइरहेका छन् । 

प्रकाशित: ९ असार २०७४ ०५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App