१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सातदोबाटो–हैटौडा सडक निर्माण सुस्त

पर्याप्त बजेट नहुनु र समयमा काम नगर्ने प्रवृतिले कान्ति लोकपथ विस्तार सुस्त भएको हो । सरकारले प्राथमिकतामा राखेर विस्तार अघि बढाएको बताए पनि लोकपथ निर्माण लक्ष्य अनुसार अघि बढ्न सकेको छैन ।

कान्ति लोकपथ सडक विस्तार आयोजनाका अनुसार विस्तार सुरु भएको आठ वर्षमा करिब ४५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ । आयोजनाको म्याद सकिन अब एक वर्ष मात्र बाँकी छ ।

आयोजनाका इन्जिनियर नरेन्द्र भट्टका अनुसार कान्ति लोकपथको वित्तीय प्रगति ३२ प्रतिशत मात्र छ । निर्माण र वित्तीय दुवै प्रगति न्यून भएकाले आगामी एक वर्षमा यसको विस्तार सकिने देखिएको छैन । योजनाका सम्पन्न गर्न कुल तीन अर्ब ३१ करोड ७० लाख लागत अनुमान गरिएको छ ।

राजधानीलाई तराईसँग जोड्ने वैकल्पिक मार्ग कान्ति लोकपथको विस्तार कार्य एकदमै सुस्त देखिएको छ । पर्याप्त बजेट नहुनु र समयमा काम नगर्ने प्रवृतिले कान्ति लोकपथ विस्तार सुस्त भएको हो । सरकारले प्राथमिकतामा राखेर विस्तार अघि बढाएको बताए पनि लोकपथ निर्माण लक्ष्य अनुसार अघि बढ्न सकेको छैन ।

कान्ति लोकपथ सडक विस्तार आयोजनाका अनुसार विस्तार सुरु भएको आठ वर्षमा करिब ४५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ । आयोजनाको म्याद सकिन अब एक वर्ष मात्र बाँकी छ ।

आयोजनाका इन्जिनियर नरेन्द्र भट्टका अनुसार कान्ति लोकपथको वित्तीय प्रगति ३२ प्रतिशत मात्र छ । निर्माण र वित्तीय दुवै प्रगति न्यून भएकाले आगामी एक वर्षमा यसको विस्तार सकिने देखिएको छैन । योजनाका सम्पन्न गर्न कुल तीन अर्ब ३१ करोड ७० लाख लागत अनुमान गरिएको छ ।

उपत्यकालाई सोझै तराईसँग जोड्ने लक्ष्यसहित राजा महेन्द्रले २०१३ सालमा यो सडकको शिलान्यास गरेका थिए । २०१३ सालमा सुरु भएर सुस्ताएको योजनालाई सरकारले आर्थिक वर्ष २०६५/६६ देखि प्राथमिकतामा राखेको हो ।

१५ मिटर चौडाइ र ९० किलोमिटर लम्बाइको कान्ति राजपथ मकवानपुरको हेटौंडा बजारबाट चौगडा, मकवानपुरगढी, बाग्मती हुँदै ललितपुरको बगुवा, तीनपाने, टीकाभैरव, चापागाउँ हुँदै सातदोबाटोसम्म आइपुग्छ। कान्ति लोकमार्गअन्तर्गत ५० किलोमिटर सडक मकवानपुर र बाँकी ४० किलोमिटर ललितपुरमा पर्छ। निर्माण सम्पन्न भएपछि सातदोबाटोबाट हेटौंडा पुग्न तीन घण्टा मात्र लाग्छ ।

पहिरो नहटाई पिच

यसैबीच कान्ति लोकपथमा पहिरो र पर्खाल नहटाई धमाधम सडक कालोपत्रे गर्न थालिएको छ।

सडक विस्तार आयोजनाले पहिरो समेत नहटाई कालोपत्रे गर्न थालेको हो। आयोजनाले असारभित्र १५ किलोमिटर सडक कालोपत्रे सम्झौता गरेको थियो। सम्झौता अनुसारको काम नसकिने भएपछि योजनाले कालोपत्रेमा लापरवाही गरको हो।

असार लागेपछि लडेका पर्खाल र पहिरो नहटाइकन बीच भागमा मात्रै हत्तार हत्तार कालोपत्रे सुरु गरिएको छ। योजना प्रमुख देवेन्द्र साहले कान्ति लोकपथअन्तर्गतको ललितपुर र मकवानपुर सडक खण्डमा यसै आर्थिक वर्षभित्र काम सक्न कालोपत्रे भइरहेको बताए। उनले सडकको चौडाई नापेर पिच गरेको दाबी गरे।

‘कतिपय ठाउँमा पिच गर्ने क्रममा पनि पहिरो खसेको छ,’ उनले भने, ‘पिच गर्दै पहिरो हटाउँदै जान्छौं ।’ साहले यस्तो दाबी गरे पनि अहिले कालोपत्रे भइरहेको टीकाभैरव, भैसेंखोला, छपेली, बगुवा, काल्चे, मकवानपुरको बुद्धचोकलगायत क्षेत्रमा पहिरो नहटाई धमाधम कालोपत्रे भइरहेको छ। आयोजनाले ललितपुरतर्फको सडक कालोपत्रे गर्न बिरुवा–कविर जेभी कन्ट्रयाक्टरलाई जिम्मा दिएको छ। मकवानपुरतर्फ भने मोतिदान–कञ्चनजङ्घा जेभीले जिम्मा लिएको छ।

प्रकाशित: ९ असार २०७४ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App