१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अविचलित लाेकतान्त्रिक याेद्धा थिए रामहरि जाेशी

रामहरि जाेशी। फाइल तस्विर: बालकृष्ण अधिकारी

काठमाडौं-नेपाली कांग्रेसका पुराना नेता रामहरि जोशीको ९३ वर्षको उमेरमा निधन भएको छ। केही दिनदेखि निमोनीयाबाट ग्रसीत जोशीको बिहीबार साँझ ग्रान्डी अस्पालमा निधन भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि अल्का अस्पताल भर्ना भएका जोशीको एक सातादेखि ग्रान्डीमा उपचार भइरहेको थियो। २००७ सालको जनक्रान्तिका साक्षी जोशी नेपाली कांग्रेसका जीवित इतिहास थिए।  उनका समकालीन नेताहरुको देहान्तपछि कांग्रेसको स्थापना कालदेखिको आरोहअवरोहका साक्षी थोरै मध्ये जोशी मात्र बाँकी थिए। 

सन् १९४७ (वि.स २००३) मा कोलकातामा भएको नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाकालदेखि उनी कांग्रेसको राजनीतिमा सक्रिय थिए। पार्टीको नवौं र दशौं महाधिवेशनमा पार्टी सभापतिमै उम्मेवारी दिएका र १२ औं महाधिवेशनसम्म सक्रिय सहभागी जोशी १३औ महाधिवेशनमा पनि सहभागी थिए।

सर्लाही स्थायी घर भएका जोशीले अविवाहित थिए। केही समय सर्लाहिमा शिक्षण पेसमा संलग्न उनले आफ्नो सम्पूर्ण जीवन कांग्रेस र लोकतान्त्रिक व्यवस्थाका लागि समर्पित गरे। सर्लाहीमा २००४ सालमा पब्लिक मावि स्थापना गरेर जोशी हेडमास्टर बनेका थिए। पार्टी राजनीतिमा लागे पनि मास्टरसाहेपले परिचित जोशीले २०४६मा प्रजातन्त्र पुर्नस्थापनमापछि शिक्षकमा पुर्नबहाली भएको सुनाउँदै सोही स्कुलका शिक्षक कौशल किशोर रायले भने, ‘त्यसपछि उहाँले राजीनामा गरेर सक्रिय राजनीतिमा लाग्नुभयो।’ 

उनी सर्लाही–३ बाट २०४८ पछि दुई पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। आफ्नो गाउँ ठाउँको विषयका लागि स्थानीयले आग्रह गर्दा जोशीले आफू एउटा क्षेत्र वा जिल्लाको मात्र नेता नभएकाले समग्र देशको विकासमा ध्यान दिनु पर्ने बताउने गर्दथे। आफ्ना लागिभन्दा समग्र देशका लागि उनको योगदान महत्वपूर्ण रहेको सुनाउँदै शिक्षक रायले भने, ‘आफ्ना लागि उहाँले कहिल्यै केही सोच्नु भएन सधैँ देश र जनताको भालाइमा काम गर्नुभयो।’

काँग्रेसले २००७, २०४६ र २०६२/०६३ मा लाेकतन्त्र प्राप्तिकाे अान्दाेलनकाे नेतृत्व गर्दा तीने वटा अान्दाेलनमा जाेशी सहभागी थिए।

देउवाद्वारा दुःख व्यक्त  
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका स्थापक नेता जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्। ‘संस्थापक नेताको निधनले म अत्यन्त देखित भएको छु,’ उनले टुइटमा लेखेका छन्, ‘उहाँका आत्माको चिरशान्तिको कामना, शोकसन्तप्त परिवारप्रति समवेदना ।’   

त्यस्तै, कांग्रेस नेता रामचन्द्र पौडेलले कांग्रेसको स्थापना र २००७ सालको क्रान्तिको जोशी इतिहास भएको स्मरण गरे । ‘एउटा इतिहास हामी माझबाट बिलाएको छ,’ पौडेलले नागरिकन्युजसँग भने, ‘पार्टी स्थापना हुँदा विद्यार्थीको रुपमा सक्रिय जोशी कांग्रेस र लोकतन्त्रलाई सुदृढ बनाउन अविचलीतरुपमा संधै सक्रिय हुनुुहुन्थ्यो ।’

लोकतान्त्रिक मुल्य मान्यता, आदर्श र निष्ठामा अविचलीत सादकी नेताकारुपमा स्मरण गर्दै पौडेलले भने, ‘जोशीजी स्वच्छ, निष्ठा र आर्दशका पयार्य हुनुहुन्थ्यो ।’

जोशीको पार्थीव शरीर शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा राखेर अन्तिम संस्कार गर्ने तयारी भइरहेपनि परिवारका सदस्यहरुले त्यसलाई मानेका छैनन्। जीवनको अन्तिम समयमा नेता जोशीले आफूलाई केही नचाहिएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा शव राख्न जोशीलाई हेर्दै आएका भजीता विष्णुले अस्वीकार गरेपनि कांग्रेस नेताले त्यसलाई अस्वीकार गरेका छन्। 

जोशी कांग्रेस र मुलुकै सम्पत्ति भएको जनाउँदै पार्टी नेता पौडेलले भने, ‘उहाँ हाम्रो सम्पत्ती हो । सबैले उहाँलाई सम्मान गर्न पाउनु पर्छ । त्यही कुरा भएको छ।’

पार्टी मुख्य सचिव कृष्ण पौडेलले उनको उपचार खर्च सबै पार्टीले व्यहोरेको जनाउँदै अन्तिम संस्कारसहित श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा कतिबेला राख्ने भन्ने विषयमा कुरा भइरहेको बताए।  

केही महिना अघि मसँग एउटा भेटमा जोशीले पार्टीमा मौलाएको गुटबन्दी र मधेस समस्याप्रति चिन्ता व्यक्ति गरेका थिए। उनले मधेस समस्या समाधान नहुँदा देश नै कमजोर बन्न पुगेको सुनाएका थिए।

नेता र कार्यकर्ता कांग्रेस बिर्सेर गुट मात्र सम्झेकोमा उनी चिन्तित थिए। युवा पिँढी पनि नेता र केन्द्रमुखी राजनीतिमै होमिएकाले पार्टीमा थप संकट बढेको जोशीको बुझाई थियो। २०३३ साल तिर वीपीले व्यक्त गरेको चिन्ता प्रजातन्त्र आएपछि सुकिला मुकिलाको बर्चस्व बढ्ने कुरा अहिले सावित भएको सुनाउँदै जोशीले चाकरी, चाप्लुसीका पछाडि दौडिने अहिलेको प्रवृतिले निष्ठावान कार्यकर्ताको मूल्यांकन हुन नसक्ने उनको बुझाइ थियो। 

प्रकाशित: २९ असार २०७४ १६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App