२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बसले ठक्कर दिँदा बालिकाको मृत्यु

रौतहट- बसले ठक्कर दिँदा शनिवार रौतहटमा एक बालिकाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर ५ स्थित होटल सिता प्लासेल अगाडि शनिवार बिहान ना ५ ख ७९३ नम्बरको बसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको हो।

बसको ठक्करले गम्भीर घाइते भएकी सर्लाहीको बरहथवा नगरपालिका १४ हरपुर्वाका राजेन्द्र ठाकुरकी १० वर्षकी छोरी काजल कुमारी ठाकुरको उपचारको क्रममा वीरगंजस्थित हेल्थ केयर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालक महोत्तरीको बर्दीबास नगरपालिका १ का ३४ वर्षीय अर्जुन कुमार कार्कीलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहरपुरमा नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि यज्ञविनोद पोखरेलले जनाए।

प्रकाशित: ३१ असार २०७४ १३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App