२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

श्रीलंकाको फितलो जबाफ

कोलम्बो- कप्तान ग्राहम क्रिमेरले ३ विकेट लिएपछि जिम्बाब्बेविरुद्ध श्रीलंकाले एक मात्र टेस्टको दोस्रो दिन शनिबार पहिलो इनिङमा गतिलो जबाफ फर्काउन सकेन। दोस्रो दिनको समाप्तिमा श्रीलंका २९३–७ मा खेलिरहेको छ र अझै ६३ रनले पछि छ। एसेला गुणरत्ने अविजित २४ र रंगना हेराथ अविजित ५ रनमा खेलिरहेका छन्। ४४ बलको सामना गरेका गुणरत्नेले २ चौका प्रहार गर्दा ९ बल खेलेका हेराथले १ चौका प्रहार गरे।

११६–३ मा रहेको इनिङ कप्तान दिनेश चण्डीमलले एन्जेलो म्याथ्युजसँग चौथो विकेटका लागि ९६ रनको साझेदारी गर्दै उकास्ने प्रयास गरेका थिए। तर क्रिमेरले चण्डीमलसहित अन्य दुई शीर्ष ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाएपछि श्रीलंकाले त्यसपछि कुनै पनि ठोस साझेदारी गर्न सकेन। चण्डीमलले १ सय बलको सामना गर्दै ६ चौकाको मद्दतमा ५५ रन जोड्दा १ सय ४ बलको सामना गरेका म्याथ्युजले २ चौकाको मद्दतमा ४१ रनको योगदान दिए।

गत साता जिम्बाब्वेविरुद्धको पाँच एकदिवसीय शंृखला ३–२ ले गुमाएपछि म्याथ्युजले कप्तानबाट राजीनामा दिएका थिए।

११ रन जोडेका कुशल मेन्डिसलाई विकेटकिपर रेगिस चाकाबवाबाट क्याच गराएका क्रिमेरले चण्डीमललाई पनि चाकबवाबाट क्याच गराए। उनले ६ रन जोडका विकेटकिपर निरोसान डिकबेलालाई बोल्ड गरेका थिए।

ओपनर उपुल थारांगाले पहिलो विकेटका लागि दिमुथ करुणारत्नेसँग ८४ रनको साझेदारी गर्दै श्रीलंकालाई राम्रो सुरुआत दिलाएका थिए। तर थारांगा रनआउट भएपछि श्रीलंकको इनिङ धरमराएको थियो। १ सय ७ बल खेलेका थारंगाले १० चौका र १ छक्काको मद्दतमा ७१ रन जोड्दा ६६ बलको सामना गरेका करुणारत्नेले १ चौकाको मद्दतमा २५ रन जोडे।

त्यस्तै ४८ बल खेलका दिलरुवान परेराले २ चौका र २ छक्काको मद्दतमा ३३ रनको योगदान दिए।

जिम्बाब्वेका क्रिमेरले १ सय रन खर्चंदै ३ तथा डोनाल्ड टिरिपानो र सेन विलियम्सले समान १ विकेट लिए।

यसअघि ३४४–८ बाट दोस्रो दिनको खेल सुरु गरेको जिम्बाब्वे बिहानी सत्रमा ४.४ ओभरमा थप १२ रन जोड्दै पहिलो इनिङमा ३ सय ५६ रनमा समेटिएको थियो।

१ सय ५१ रनमा अविजित रहेका क्रायग इर्बिनले दोस्रो दिन थप ९ रन जोडे। ७ वर्षे खेलजीवनमा उनले जोडेको यो सर्वाधिक व्यक्तिगत स्कोर हो।

श्रीलंकाका हेराथले फेरि एक पटक पाँच विकेट लिए। ८१ टेस्ट खेलमा उनले पाँच विकेट लिएको यो ३०आंै पटक हो।

प्रकाशित: १ श्रावण २०७४ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App