आजदेखि १० लाखमाथिको कारोबार चेक मार्फत

आइतबार, ०१ साउन २०७४, ११ : ०३ नागरिक


काठमाडौं- आइतबार (आज) देखि १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अनिवार्य चेक प्रयोग गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले त्यस्तो व्यवस्था गरेको हो। जोखिम कम गर्न नगद कारोबारको सीमा घटाएको राष्ट्र बैंकको भनाइ छ।

'अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन,' राष्ट्र बैंकले भन्यो। नगद कारोबारभन्दा प्रणालीको प्रयोग गरेर गरिएको कारोबार बढी सुरक्षित हुने भएकाले यस्तो गरिएको केन्द्रीय बैंकको भनाइ छ। यसअघि ५० लाखभन्दा बढी रुपैयाँको कारोबार गर्दा मात्रै चेकमार्फत गर्नुपर्ने व्यवस्था रहेकोमा यो सीमा घटाएर ३० लाखमा झारिएको थियो।

तर, आइतबारदेखि नै १० लाखभन्दा बढीको कारोबार गर्दा अनिवार्य चेकमार्फत गर्नुपर्ने व्यवस्था लागू भएको हो। चेकमार्फत कारोबार गर्ने सीमा घट्दा बैंकिङ प्रणालीमा पुँजी भित्रिने अपेक्षा राष्ट्र बैंकको रहेको छ। अहिले पनि बैंकिङ प्रणालीबाहिर सर्वसाधारण, सहकारी लगायतको साथमा रहेको रकम तीन खर्बभन्दा धेरै छ। बैंकिङ प्रणालीमा भने पुँजी नबढ्दा बैंकहरुले कर्जा लगानीयोग्य रकमको अभाव झेल्दै आएका छन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पद्मावती’ विवाद

‘पद्मावती’ विवाद

महंगो सेटमा फिल्म बनाउन माहिर बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’को फष्र्टलुक सार्वजनिक हुनासाथ फिल्मकर्मीदेखि दर्शकसम्मले फष्र्टलुकको तारिफ गरे...

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

सञ्चारकर्मी फूलमान बलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा म्यान्मारका राजदुत ऊ लिउन ऊ देखिने भएका छन् । भूकम्पले तितर वितर पारेको...

दसैंका गीतमा पीडा

दसैंका गीतमा पीडा

वाल्यकालमा औंला भाँँच्दै धेरैले यही गीत गाउँदै दसैंलाई निम्ता दिन्थे । यो गीत गाउँदा घरमै दसैं आइसकेको धेरैलाई आभाष हुन्थ्यो...

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

आगामी कात्तिक २४ गते ‘सकस’, ‘रोमियो’ र ‘मेला’ रिलिज हुने चर्चा चलिरहँदा यही मितिमा अर्को फिल्म ‘तान्द्रो’ पनि रिलिज हुने...